spot_img

घडिअर्वा छठघाटको तयारी पूरा

वीरगंज
छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगंजको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको छ । छठपूजा व्यवस्थापन समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिलिप साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भएको जानकारी गराए । उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १५ लाख ४१ हजार रुपैया खर्च हुने अनुमान गरिएको बताए । टेण्टपण्डालमा ७ लाख ५१ हजार , परिसर बाहिरको बत्ती सजावटमा १८ हजार , भिडियो ग्राफीमा ३५ हजार , पुरस्कारमा ४ लाख २८ , सरसफाइमा ६० हजार रुपैया खर्च हुने समितिका सचिव लखनलाल कानुले जानकारी गराए ।
सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार , छठघाटमा ब्रतालु , दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिनेछ । यस्तै छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।
गत वर्षको छठमा छठघाट सजावट र ब्यवस्थापनमा १४ लाख ३५ हजार ३ सय खर्च भएको र आम्दानीबाट खर्च कटाएर ५ लाख १ हजार ४९५ रुपैयाँ बचतपनि भएको समितिका कोषाध्यक्ष तिलक साह कानुले जानकारी गराए। समितिका अध्यक्ष कानुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु हिरा साह ,प्रेम साह कानु र मदन प्रसाद कलवर , वीरगन्ज १० का वडाअध्यक्ष सुशील साह कानु , समितिका उपाध्यक्ष राकेस साहकानु , कोषाध्यक्ष तिललक साह , घडीअर्वा स्पोर्ट क्लबका पूर्व अध्यक्ष सन्तोष कानु , सल्लाहकार गौरीशंकर गुप्ता लगायतकोपनि सहभागीता थियो ।

Facebook Comments Box
spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

मिस नेपाल प्रतियोगिताको ३०औं संस्करणको वीरगंज अडिशन वैशाख १६ गते हुने

परवानीपुर, १४ वैशाख/ हरेक वर्ष आयोजना हुने मिस नेपाल प्रतियोगिताको ३०औं संस्करणको वीरगंज अडिशनबारे जानकारी गराइएको छ । वीरगंजमा द हिडेन ट्रिजर प्रालिको आयोजनामा सम्पन्न...

करेन्ट लागेर युवकको मृत्यु

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
spot_img