spot_img

बाख्राको मासु बेच्ने मुस्कान सप्लायर्स एन्ड फ्रेस हाउसका सञ्चालक देवान पक्राउ

वीरगञ्ज । खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका – ७ स्थित मुस्कान सप्लायर्स एन्ड फ्रेस हाउसका सञ्चालक मिश्री देवान रहेका छन् ।
देवानले आफ्नो फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बेचेको गुनासो आएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ आरोपमा पक्राउ गरेको हो ।
स्थानीयहरूको गुनासो पश्चात् इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले देवानको फ्रेस हाउसमा पुगेर चेकजाँच गर्दा खसीको मासुको सानो टुक्रासँगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिङ्ग जस्तो बनाई खसीको मासुसँगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीका अनुसार देवानले बाख्रालाई मारेर फेविक्वीक (टाँस्ने पदार्थ) ले बाख्राको स्तनको ठाउँमा अण्डकोष र तल पेटमा खसीको लिङ्ग टाँसेर खसीको मासु भनेर बेच्दै आएका थिए । छापा मारी गर्ने क्रममा देवानले गर्दै आइरहेको ठगीको घटना बाहिर आएको हो ।
प्रहरीले बरामद गरेका मासु सहित देवानलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा राखी थप अनुसन्धान अगाडि बढाएको छ ।

1 COMMENT

  1. ठुला ठुला Mart, super market हरु maa पाइने frozen mutton को अनुशन्धान गर्नु न , खसी को मासु हो कि बाख्राको? अण्ड नि हुन्न, लिङ्ग नि हुन्न, दुधको मुन्टा नि हुन्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img