पोखरीमा १२ वर्षीय बालकको शव भेटियो

वीरगंज, २१ कात्तिक । पर्सा जिल्लामा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ। वीरगंज महानगरपालिका वडा नं २८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर बाराको विश्रामपुर गाउँँपालिका वडा नं ५ मुशहरवा बस्ने कन्हाई साहको १२ वर्षीय छोरा शनी कुमार साहको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । शुक्रवार बिहान १० बजेतिर एकजना बालकको डुबेको जानकारी स्थानीयवासीले […]

महिला मिसनद्वारा कपडा बैंकलाई कपडा सहयोग

वीरगंज, २१ कात्तिक । जागृति महिला मिसन वीरगंजले वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । मिसनकी अध्यक्ष सुधा मिश्राको नेतृत्वमा रहेको टोलीले २ बोरा, १ ब्याग, ६ झोला कपडाहरू वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेको थियो । कार्यक्रममा मिसनका रितु श्रेष्ठ, सरिता श्रेष्ठ, उषा प्रधान, गिन्नी झा, रिता ताम्राकार, राजकुमारी झा अर्चना […]

प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

काठमाडौँ, २१ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराउनुभएको हो । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको […]

मंगलवार बेलुकासम्म मधेसका सीमा नाका बन्द

वीरगंज, २१ कातिक । भारतको बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै मधेस प्रदेशसँग जोडिएका नेपाल–भारत सीमा नाका चार दिन बन्द हुने भएको छ । धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सप्तरी, सिरहा, रसुवा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचना अनुसार, शनिवार २२ कार्तिकदेखि २५ कार्तिकसम्म बेलुका ६ बजेदेखि बेलुका ६ बजेसम्म सीमा […]

‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा

काठमाडौँ, २१ कात्तिकः लिम्बू संस्कृति बोकेको चलचित्र ‘जारी २ ः सङ अफ च्याब्रुङ’ र सामाजिक सन्देश बोकेको ‘मन बिनाको धन’ एकसाथ आजदेखि प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्रले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘जारी २ ः सङ अफ च्याब्रुङ’ यसअघि विसं २०८० मा प्रदर्शन भएको ‘जारी’ […]

राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल

पर्सा, २१ कात्तिकः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । आज वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरीतस्करी नियन्त्रणका लागि सरोकार भएका निकायबीच समन्वय गरेर काम गर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले झोलेपोके तस्करीलाई बाटोमा […]

नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ २१ कात्तिक । हङकङ सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । शुक्रबार मिसन रोड मैदानमा भएको खेलमा अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै मात्र ९५ रन बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित […]

हिमालयन बैंकको डिजिटल सेवा दुई सातादेखि ठप्प, ग्राहक आक्रोशित

बीरगंज , कार्तिक — २१ हिमालयन बैंकका ग्राहकहरू पछिल्ला दुई सातादेखि डिजिटल बैंकिङ सेवाबाट वञ्चित भएका छन् । प्रणाली अद्यावधिक गर्ने क्रममा बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र क्यूआर पेमेंटजस्ता सेवा अवरुद्ध भएपछि हजारौं उपभोक्ताले असुविधा भोगिरहेका छन् । बैंकले ‘नयाँ र सुरक्षित प्रणाली’ लागू गर्न सेवा तात्कालिक रूपमा बन्द गरिएको जनाएको छ । तर, […]

महानगरपालिकालाई २ थान कम्प्युटर सेट सहयोग

वीरगंज, २० कात्तिक । वीरगंज महानगरपालिकालाई पुनः सहज रूपमा सञ्चालनमा ल्याउन सहयोगी हातहरूबाट सहयोग प्राप्त हुने क्रम जारी छ । गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन र कार्यालयका सामग्री पूर्ण रूपमा नष्ट भएका थिए । त्यसपछि सेवा प्रवाह प्रभावित बनेको छ । नागरिकलाई […]

नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनेछौँ – खेलकुदमन्त्री गुप्ता

काठमाडौँ, २० कार्तिक । सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा मन्त्रालय पुगेको जेन–जी युवा तथा सरोकारवालाहरूको टोलीले क्रिकेट र खेलकुद पूर्वाधार विकासका विविध विषयमा विस्तृत छलफल गरेको छ। छलफलमा उठाइएका मागहरूमा मन्त्री गुप्ताले पूर्ण सकारात्मक प्रतिक्रिया दिँदै तत्काल प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन्। छलफलका क्रममा अध्यक्ष […]