एनपिएलः रोहितले जिते कार, अरू क–कसले के पाए ?

काठमाडौँ, २७ मङ्सिरः लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा ‘प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै कार हात पारेका छन् । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो । लुम्बिनीको सफलतामा रोहितको अलराउन्ड प्रदर्शन निर्णायक रह्यो । उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । नेपालको […]

खसी भनेर बाख्रीको मासु बेच्ने पक्राउ

वीरगंज, २८ मंसिर । बाख्रीको मासु बेचेको आरोपमा एकजना मासु पसलेलाई समातेर प्रहरीको जिम्मा लगाएको छ । वीरगंज महानगरपालिकाको मुर्ली चौकमा रहेको मोहम्मद फ्रेस हाउसले बाख्रीको मासुमा खसीको अन्डकोष टाँसेर रु ११ सयको दरले बिक्री गरिरहेको अवस्थामा पर्सागढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नवल किशोर प्रसाद कलवारले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको हो ।

एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली

काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताउनुभयो । एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने […]

वीरगंजमा दुई स्थानमा निःशुल्क आँखा शिविर

वीरगंज/ वीरगंजमा शनिवार दुई स्थानमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । त्रिजुद्ध स्कूलका पूर्वविद्यार्थीहरूको आयोजनामा वीरगंज–३ स्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयमा आँखा शिविर सम्पन्न भएको हो । शिविरमा ५ सय ६ जना लाभान्वित भएका छन् भने १ सय २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनीहरूको आगामी सोमवार वीरगंज सामुदायिक आँखा […]

रास्वपा धोबिनी पालिकाको सभापतिमा कुर्मी चुनिए

वीरगंज ।  राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साको धोबिनी पालिकाको सभापतिमा अवकाशप्राप्त प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी चुनिएका छन् । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी धोबिनीको प्रथम पालिका भेलाले कुर्मीलाई सभापतिमा  चुनेको हो । त्यसैगरी भेलाले उपसभापतिमा निरज पटेल, सचिवमा उदित नारायण पटेल, कोषाध्यक्षमा बृजलाल पटेल, सदस्यहरूमा प्रमोद पटेल, नुबिन राम, सन्दिप पटेल, रामनरेश पटेल, सुरसती देवी, रजरीश […]

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि

काठमाडौँ, २७ मङ्सिरः लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग […]

कर्पाेरेट सुपर–६ क्रिकेटः राष्ट्रिय वाणिज्य बैंक र राष्ट्र बैंक क्वार्टरफाइनलमा प्रवेश

वीरगंज २६ मंसिर । कर्पाेरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज सम्पन्न खेलहरूमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्र बैंक विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । टुर्नामेन्टका नकआउट चरणहरू अन्तर्गत क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल मंसिर २७ गते शनिवार बिहान ८ बजेबाट शुरू हुने भएको आयोजक समितिले जनाएको छ। लायन्स क्लब वीरगंज परिवार र वीरगंज स्पोट्र्स […]

एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

विनोदसिंह विष्ट काठमाडौँ, २६ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३ः३० बजे भिडन्त हुँदैछ । साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि […]

अख्तियारद्वारा नापी कार्यालयका पर्साका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

पर्सा, २६ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगको टोलीले गत मङ्सिर २ गते दुवै जनालाई रु एक लाख घुुस÷रिसवतसहित पक्राउ गरेको थियो । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले […]

स्वास्थ्य चौकीको नवनिर्मित भवन उदघाटन

वीरगंज, २६ मंसिर ।  नगरप्रमुख राजेशमान सिंहले वीरगंज महानगरपालिका–१२ स्थित स्वास्थ्य चौकीको नवनिर्मित दुर्ई तले भवनको शुक्रवार उदघाटन गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष सुरेश प्रसाद गुप्ता, महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण, वडासदस्यहरूलगायतको उपस्थिति थियो । कुल लागत १ करोड २५ लाखमा भएको स्वास्थ्य चौकी सञ्चालन भएपछि वडावासीलाई स्वास्थ्य सेवा उपलब्ध हुने मेयर सिंहले […]