वीरगंज, १३ कात्तिक । पर्सा जिल्लाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई सोमवार बिदाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्र, पर्साले सोमवार जिल्ला प्रशासन कार्यालयमा कार्यक्रम आयोजना गरी प्रजिअ भुसालको बिदाइ गरेका छन् । केही समय अघि प्रजिअ भुसालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सरुवा भएपछि बिदाइ कार्यक्रम गरिएको हो ।
बिदाइ भएका प्रजिअ भुसालले आफ्नो १० महीने पर्सा बसाइको क्रममा धेरै कुरा सिक्न पाएको बताए । “पर्सा जिल्लाबाट मैले एउटा विश्वविद्यालयमा अध्ययन गरेजस्तै अनुभव हासिल गर्न पाए,” उनले भने, “पर्सा जिल्लाको अनुभव र सिकाइ अन्य ठाउँमा पनि काम लाग्ने विश्वास लिएको छु ।” प्रजिअ भुसालले आफ्नो कार्यकालमा पर्सा जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सफल भएको दाबी गरे ।
“मेरो १० महीने कार्यकालमा सबै क्षेत्रबाट सहयोग र हौसला प्राप्त गर्र्ने अवसर जु¥यो,” उनले भने, “जिल्लामा रहेका सबै सरकारी निकायसँग हातेमालो गरेर अघि बढ्न पाइयो ।”

Facebook Comments Box