वीरगंज, १३ कात्तिक । वीरगंजको एपेक्स म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एपेक्स म्यानेजमेन्ट कलेजले बिबिएमा भर्ना भएका विद्यार्थीहरूको लागि अभिमुखीकरण कार्यक्रम मकवानपुरको थाहा नगरपालिकास्थित टिस्टुङमा सम्पन्न गरेको हो ।
कार्यक्रम कलेज सञ्चालक समितिका अध्यक्ष डा दीपेन्द्रकुमार चौधरीको अध्यक्षता तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन सङ्कायका डीन प्राडा पदमराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्राडा जोशीले एपेक्स कलेजको यस वर्षको पहिलो ब्याच रहेको र एपेक्सले लिएको नीति अनुसार अगाडि बढ्दा उत्कृष्ट नतीजा दिन सक्ने विश्वास व्यक्त गरे । स्तरीय पठनपाठन, मर्यादित परीक्षा र सञ्चालक परिवर्तनरहित संस्था बनाउनसमेत उनले निर्देशन दिए ।
कलेजले गर्ने अतिरिक्त क्रियाकलाप, पठनपाठन तथा विद्यार्थीहरूको आचारसंहिता सम्बन्धमा कलेजका एकेडेमिक डायरेक्टर दर्शन केसीले प्रस्तुती दिएका थिए ।
कार्यक्रममा कलेजका सञ्चालकहरू विनोदकुमार गुप्ता, सुरेश चौधरी, वीरगंज कलेजका कोअर्डिनेटर राजेश्वर चौधरी, कलेजका शिक्षकहरू कृष्ण पासवान, दीपेन्द्र कानू, जीतेन्द्र पटेल, कर्मचारीहरू समीक्षा श्रेष्ठ, रमानरेश यादव र बिबिए प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूको सहभागिता थियो । कलेजले यस वर्षदेखि सम्बन्धन प्राप्त गरेर बिबिए अध्यापन शुरू गरेको कलेजका अध्यक्ष चौधरीले जानकारी दिए ।
पहिलो ब्याचमैं विद्यार्थीहरूको उत्साहजनक भर्ना भएको र यसले कलेजको अध्ययन–अध्यापन गुणस्तरीय बनाउन थप हौसला प्राप्त भएको अध्यक्ष डा चौधरीले बताए ।

Facebook Comments Box