spot_img

spot_img

छिन्नमस्ता लायन्स सप्तरी प्रिमियर लिगको फाइनलमा

पढ्न छुटाउनुभयो ?

spot_img




सप्तरी । छिन्नमस्ता लायन्स सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौँ संस्करणको फाइनलमा पुगेको छ ।

आइतबार सम्पन्न दोस्रो क्वालीफायरमा कञ्चनरूप राइनोजलाई पराजित गर्दै छिन्नमस्ताले फाइनल तय गरेको हो । उपाधिको लागि छिन्नमस्ता लायन्स र तिरहुत टाइगर्सबिच सोमबार फाइनल खेल हुनेछ ।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा कञ्चनरूप राइनोजले दिएको १ सय १८ रनको लक्ष्य छिन्नमस्ताले चार बल बाँकी हुँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

छिन्नमस्ताको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका भिम सार्कीले अर्धशतकीय योगदान दिए । उनले ३७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै जितमा अहम योगदान दिए । यस्तै फिर्दोश अन्सारीले अविजित १६ रन, राज वर्माले १५ तथा सुमित नेवारले ११ रन बनाए ।

लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा भिमले फिर्दोश अन्सारीसँग ४५ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । सोह्रौँ ओभरमा भिम आउट भएपछि फिर्दोशले अन्तिमसम्म ब्याटिङ गर्दै टिमलाई जितसम्म डोर्‍याए । कञ्चनरूपको बलिङमा दिनेश अधिकारीले ३ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन ।

यस अघि टस जितेर ब्याटिङ गरेको कञ्चनरूप राइनोजले १८.२ बलमा अलआउट हुँदै १ सय १७ रन बनाएको थियो । कञ्चनरूपका लागि दिनेश अधिकारी र कर्ण विकले समान १९ रन, अभिषेक गौतमले १५ तथा शुभ कंसकार र महानन्द यादवले समान १३ रनको योगदान दिए । बलिङतर्फ छिन्नमस्ता लायन्सका विशाल पटेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३.२ ओभरमा २४ रन खर्चिए । यस्तै मोहम्मद सोहेल, फिर्दोश अन्सारी र गुनानन्द रोयले समान २ विकेट लिए ।

सप्तरी क्रिकेट सङ्घद्वारा आयोजित प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ हात पार्नेछ । उपविजेता टिमले एक लाख पचास हजार प्राप्त गर्नेछ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

आजदेखि युरो फुटबल ‘फिभर’

काठमाडौँ । विश्वकपपछिको बहुप्रतीक्षित फुटबल मेला मानिने युरोपियन फुटबल प्रतियोगिता शुक्रबार अबेर राति जर्मनीमा सुरु हुँदै छ । आयोजक...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img