spot_img

spot_img

नारायणी अस्पतालमा कार्यरत ४७ जना जागीरबाट हटाइयो

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज जेठ २१, २०८१ सोमबार। वीरगञ्जको नारायणी अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन भएसँगै ४७ जना कर्मचारीलाई हटाइएको छ । दरबन्दी बेगर कार्यरत चिकित्सक, स्टाफ नर्ससहित एकैपटक ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाइएको हो ।

सोमबार अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकको अध्यक्षतामा बसेको बसेको बैठकले अस्पतालमा लामो समयदेखि दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरत ४७ जना स्वाथ्यकर्मी र कर्मचारीलााई हटाउने निर्णय गरेको अस्पतालका सूचना अधिकारी सुनिल रौनियारले जानकारी दिए ।

उनका अनुसार, अस्पतालबाट हटाइएकामा आठौं तहका मेडिकल अधिकृत चिकित्सक ११ जना, सातौं तहका मेडिकल अधिकृत १ जना, स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ३ जना, रेडियोग्राफर ५ जना, अहेब चार जना, कार्यालय सहयोगी ७ जना लगायतका रहेका छन् ।

अस्पताल प्रशासनले सोमबार जारी गरेको सूचनामा अस्पतालमा दरबन्दी बेगर नियुक्त भई दैनिक ज्यालादारीमा कामकाज गरिरहेका ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीको यहि जेष्ठ २२ गतेदेखि सेवा अवधि समाप्त भएको निर्णय गरिएको उल्लेख छ ।

अस्पतालका निमित्त मेसु डाक्टर हकले दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरतहरुका कारण अस्पताललाई आर्थिक भार थपिएकाले उनिहरुलाई सेवाबाट हटाइएको बताए । उनले भने, ‘एक त दरबन्दी बेगर उनिहरु कार्यरत थिए । अर्को कूरा यति धेरै कर्मचारी अस्पताललाई आवश्यक पनि थिएन । उनिहरुलाई ६÷७ महिनादेखि तलब भत्ता पनि अस्पतालले खुवाउन सकिरहेको थिएन । यीसबै कारणले उनिहरुलाई सेवाबाट हटाउनु परेको हो ।’

अस्पताल श्रोतका अनुसार,यसअघिका निमित्त मेसु डाक्टर चित्तरन्जन साहको कार्यकालमा दरबन्दी बेगर दैनिक ज्यालादारीमा करिब १५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा नियुक्त गरिएको थियो ।

Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजको घडिअर्वामाः सझिया घाटेको रौनक

वीरगंज,२२ कार्तिक । अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पर्सामा पनि छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ । पर्साको सदरमुकाम वीरगंजमा श्रद्धालु...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img