वीरगंज,२० वैशाख , वीरगंज,बाईपासस्थित नबिल बैंकबाट भएको चोरी प्रकरणमा भारतीय गिरोहको संलग्नता रहेको समाचार प्राप्त भएको छ ।
आइतवार राति बैंकको शटर काटेर रू १ करोड ३४ लाख ६५ हजार रकम चोरी भएको घटनामा नेपाली र भारतीय संयुक्त अभियुक्तहरूको संलग्नता रहेको पुष्टि भएको छ । घटनाको सन्दर्भमा पर्सा प्रहरीले दुईजना नेपाली र तीनजना भारतीयलाई पक्राउ गरेको छ ।
पर्साका एसपी कुमोध ढुङ्गेलका अनुसार घटनाको १२ घण्टा भित्र रौतहटका दुर्ई जना अभियुक्तलाई पक्राउ गरिएको जनाए । वैशाख १८ गते बिहानको २ः०० बजेको समयमा प्रहरीले रौतहट मौलापुर न.पा. वडा नं. ७ बस्ने राम अयोध्या साह कलवारको छोरा वर्ष २३ को छोटे लाल साह कलव, बिगु साह कलवारको छोरा वर्ष अं. २६ को संजय साह भन्ने बिश्मभर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पर्सा प्रहरीको सहयोगमा भारतबाट पनि करिब नेरू १८ लाख नेपाली रुपियाँँ सहित ३ जना पक्राउ परेका छन् । बिहार पुलिस मातहतको पुर्बी चम्पारण मोतिहारीका एसपी कांतेशकुमार मिश्राले पत्रकार सम्मेलन गर्दै वीरगंजको नबिल बैंकबाट भएको चोरी एवं लुटपाटको घटनामा एक जना महिलासहित ३ जना अभियुक्त पक्राउ परेको जनाएका छन् । मोतिहारी पुलिस मातहतको तीन जना डिएसपीहरूको संयुक्त कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको एसपी मिश्राले बताए । पक्राउ पर्नेमा पुर्बी चम्पारण जिल्ला झरोखर बस्ने मन्टु कुमार र अर्जुन कुमार रहेका छन् भने उनीहरूलाई सघाउने सोही जिल्लाको दरपा बस्ने सबिता देवी रहेकी छन् । पक्राउ परेका ३ जना मध्ये २ जनालाई मोतिहारी पुलिसले हिजै सार्वजनिक गरि घटना वारे जानकारी गराइसकेको छ भने पर्सा प्रहरीले चाडै पत्रकार सम्मेलन गरि थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
मोतिहारी पुलिस मातहतको पकडीदयालका डिएसपी सुबोध कुमार, सिकराहनाका डिएसपी अशोक कुमार र रक्सौलका डिएसपी धीरेन्द्र कुमारको संयुक्त प्रयासमा पक्राउ परेका तीन जनाको साथबाट एउटा बन्दुक,कार्तुस २ थान, सुनको औंठी,पल्सर मोटरसाइकल,मोबाईल २ थान,सिसिटिभि क्यामेरा २ थान र फुटेज र नेरू १८ लाख २३ हजार २ सय बरामद भएको छ । ग्यास कटरसहित ड्रिल मेशिन पनि बरामद गरेको मोतीहारी पुलिसले जनाएको छ ।
औंठी र मोटरसाइकल चोरीको पैसाबाट खरिद गरिएको अनुसन्धानबाट खुलेको छ । उनीहरूको बिहारको ढाका र चिरैयास्थित इलेक्ट्रोनिक र हार्डवेयर पसलमा भएको लुटपाट भए वीरगंजका एक जना हुन्डी व्यवसायीको ४० लाख रकम चोरीको घटनामासमेत संलग्नता रहेको सोधपुछबाट पत्ता लागेको छ । बिहारमा अहिले लोकसभा चुनावको कारण कडा निगरानी गरिएको छ । पर्सा प्रहरीले पक्राउ गरेको अभियुक्तबाट कति रकम र के समान बरामद गरेको छ,उक्त कुरा पत्रकार सम्मेलनमार्पmत जानकारी दिनेछ ।
नबील बैंकबाट एक करोड ३२ लाख ६५ हजार चोरी भएको थियो । बैंकको फल्ट कक्ष्Fमा राखिएको फलामे पेटीबाट सो रकम चोरीभएको थियो । चोरहरुले फल्ट काटन सकेका थिए । त्यसमा पाँच करोड जति रकम थियो ।