spot_img

spot_img

वीरगंज–पथलैया चल्ने म्याजिक भ्यान गण्डकमा थुपारियो

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १ चैत/ वीरगंज–पथलैया रूटमा चल्ने चारवटा यातायात व्यवसायी सङ्घमा आबद्ध करीब २२५ वटा म्याजिक भ्यान र सिटीराइड बिहीवारदेखि गण्डकचोकमा थुपारिएको छ ।
ईरिक्शाको बिगबिगी साथै रूट परमिटविना सञ्चालन भइरहेकाले सो कार्य अविलम्ब बन्द गर्नुपर्ने माग गर्दै उनीहरूले आजदेखि म्याजिक भ्यान र सिटीराइडको सेवा बन्द गर्दै विरोधमा उत्रेका हुन् । दिउँसो १ बजेपछि केही ईरिक्शाचालकहरू गण्डकचोकमा भेला भएर गण्डकबाट परवानीपुरतर्पm सञ्चालन गर्न पाउनुपर्ने अडान राख्दै गण्डकमा खटिएका जनपद र ट्राफिक प्रहरीसँग विवाद गर्न थालेपछि म्याजिक भ्यानका चालकहरू पनि भेला भएर धक्कामुक्की भएको थियो । केही बेर म्याजिक भ्यान र ईरिक्शाचालकबीच झडपको अवस्था बने पनि सुरक्षाकर्मीलेझडप हुन दिएन । पछि ईरिक्शालाई वीरगंज महानगरपालिका वा सम्बन्धित निकायबाट रूट परमिट लिएर आए मात्र चलाउन दिने ट्राफिक प्रहरीले बताएपछि ईरिक्शाचालकहरूले वीरगंज महानगरपालिकाको मूलगेटमा धर्ना दिएका थिए ।
वीरगंज, परवानीपुर, पथलैया मझौला यातायात सङ्घमा ८०, बारा पर्सा परवानीपुर यातायात व्यवसायी सङ्घमा ७०, गुरुकृपा यातायात व्यवसायीमा २५ र आबद्ध नभएका २५ गरी करीब २०० वटा म्याजिक भ्यान यो क्ष्Fेत्रमा सञ्चालन हुँदै आएका छन् भने नारायणी यातायात व्यवसायी सङ्घ अन्तर्गत ३२ वटा सिटीराइड बसले सेवा दिंदै आएका छन् ।
काठमाडौं, पोखरा, बुटवल, नारायणगढलगायत क्ष्Fेत्रमा मुख्य राजमार्गमा ईरिक्शा सञ्चालन नहुने गरेको, शहरी र ग्रामीण भेगका गल्लीमा मात्र ईरिक्शा सञ्चालन गर्न दिने भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले निर्देशन जारी गरे तापनि जिल्ला ट्राफिक प्रहरी कार्यालयको उदासीनताका कारण मुख्य सडकमा ईरिक्शाको सञ्चालनमा रोक नलागेको वीरगंज परवानीपुर पथलैया मझौला यातायात व्यवसायी सङ्घका अध्यक्ष जगदीश साहले बताए । उनले वीरगंज–पथलैया क्ष्Fेत्रमा म्याजिक र सिटीराइड सञ्चालन गर्न आपूmहरूले राजस्व तिरिरहेको तर हाम्रा यात्रीलाई ईरिक्शाले सेवा दिंदा आपूmहरू मारमा परेको उनले दुःखेसो पोखे । उनले कतिपय सवारीधनीलाई बैंकको किस्ता तिर्न समस्या भएको र कतिपयको गाडी बैंकले तानेको समेत बताए ।
लाइसेन्स, बीमा र रूट परमिट बेगर सञ्चालन भइरहेका ईरिक्शा नियन्त्रणमा सरोकारवाला निकायले गम्भीरता देखाउनुपर्ने उनको भनाइ छ । उनले वीरगंजमा अहिले हजारौं ईरिक्शा सञ्चालनमा रहेकाले यसको थप बिक्रीमा पनि रोक लगाउनुपर्ने माग गरेका छन् । वीरगंज महानगरपालिकामा ६०० ईरिक्शाले मात्र दर्ता भई रूट परमिट लिएका छन् भने यातायात व्यवस्था कार्यालय वीरगंजमा करीब २५० वटा ईरिक्शाले मात्र दर्ता गरी रूट परमिट लिएका छन् तर वीरगंज र पर्साका विभिन्न ग्रामीण सडकमा गरी छ हजारभन्दा बढी ईरिक्शा सञ्चालन हुँदा ठाउँ–ठाउँमा जाम लाग्ने र यात्रीले दुःख भोग्नुपर्ने अवस्था छ ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img