spot_img

spot_img

आर्मीद्वारा पुलिस ८ विकेटले पराजित

पढ्न छुटाउनुभयो ?

spot_img

वीरगंज
वीरगंजमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको आजको दोस्रो खेलमा नेपाल पुलिस क्लबमाथि नेपाल आर्मी क्लबले सहज जित निकालेको छ । टस जितेर बलिङ राजेको नेपाल आर्मीले १८ ओभर ४ बलमा ५८ रनमै नेपाल पुलिसका १० जना खेलाडीलाई आउट गर्यो । आर्मीका तर्फबाट शहाब आलमले सर्वाधिक ३ ,बसिर अहमदले २ विकेट लिए भने सोमपाल कामी,कुशल मल्ल र अविनाश कर्णले १–१ विकेट लिए ।
नेपाल पुलिसका खेलाडी खासै राम्रो प्रदर्शन गर्न सकेनन् । पुलिसका बलर करण केसीले १५ र अमित श्रेष्ठले ११ बाहेक अन्य कुनै खेलाडीले दुई अंकको रन बनाउन सकेनन् । जसले गर्दा नेपाल आर्मीले सहज लक्ष्य पायो । ५८ रनमा अल आउट भएपछि ५९ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको नेपाल आर्मीले ६ ओभर १ बलमा २ विकेटको क्षतिमा ५९ रनको विजय लक्ष्य पुरा भेटायो । जसमा आर्मीका सर्वाधिक नट आउट रहदै रोहित पौडेलले २१, सन्तोष कार्कीले २० र नटआउट रहदै आर्मीका कप्तान विनोद भण्डारीले १४ रन बनाए ।
नेपाल पुलिसका कप्तान आरिफ शेंखको होम टाउन भएर पनि खासै चल्न सकेनन् । शुक्रवार विहान सवाँ ९ बजे हुने पहिलो खेलमा नेपाल आर्मी र वोन्डर्स नोयडा क्लब वीच पहिलो खेल हुनेछ भने सवाँ ३ बजे नेपाल पुलिस र यूपी क्लब ११ वीच दोस्रो खेल हुने आयोजक क्यान पर्साका अध्यक्ष इन्जिनियर मनीष सिंहले जनाए । ३० डिसेम्बर सम्म जारी रहने यो प्रतियोगितामा नेपालका पर्सा र तीन विभागीय टिम गरी कुल चार टिम र भारतबाट यूपी र नोयडा गरी कुल २ टिम अर्थात प्रतियोगितामा जम्मा ६ टिमको सहभागिता छ भने कुल १९ खेल हुनेछ ।

 

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा

काठमाडौँ।एएफसी सत्र वर्षमुनि (यु-१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img