परवानीपुर
वीरगंज–२१ लिपनीविर्तामा सञ्चालित हिमालयन डिस्टीलरी लिमिटेडले लिपनीविर्ता स्वास्थ्य चौकीलाई एक थान एम्बुलेन्स सहयोग गरेको छ । रु २० लाख २० हजार मुल्य परेको एम्बुलेन्स आज एक समारोहका वीच पूर्व वन तथा वातावरण मन्त्री एवं पर्सा क्षेत्र नं १ का सांसद प्रदिप यादवले हस्तनान्तरण गरे । स्वास्थ्य र्चौकी लिपनीविर्ता परवानीपुरमा आयोजित एक समारोहका वीच स्वास्थ्य चौकी लिपनीविर्ताका इन्चार्ज रामेश्वर रामलाई उनले एम्बुलेन्स हस्तनान्तरण गरे ।
एम्बुलेन्स हस्तनान्तरण गरेपछि सांसद यादवले एम्बुलेन्स स्वास्थय चौकीले प्राप्त गरिसकेपछि वीरगंज महानगरसंग चालकको व्यवस्थापन मिलाउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले समाजको विकास र उत्थानमा निजि क्षेत्रको अहम भूमिका रहेको चर्चा गर्दै हिमालयन डिस्टीलरीले गरेको सहयोगको प्रशसां गरे । चौतर्फी समाजको विकासको लागि निजि तथा उद्योगी व्यवसायीको क्षेत्रबाट निरन्तर सहयोग पाइराखे समाज विकासमा अहम टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
समाजिक उत्तरदायित्व शिर्षकबाट एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई दिएको र अगामि दिनमा पनि सहयोगको लागि उद्योग प्रतिबद्ध रहेको हिमालयन डिस्टीलरीका काराखाना प्रबन्धक नवीन उपाध्यायले जानकारी गराए । उनले हिमालयन डिस्टीलरी परवानीपुरमा सञ्चालनमा आएपछि थुप्रै समाजिक कार्यमा सहयोग गर्दै आएको अगामि दिनमा स्थानीय क्षेत्रको विकासको लागि निरन्तरण सहयोग रहने आश्वासन दिए ।
वीरगंज–२१ लिपनीविर्ताका वडा अध्यक्ष राधाकृष्ण साह रौनियारको अध्यक्षता र स्थानीय राजन पटेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा हिमालयन डिस्टीलरीका प्रमुख प्रशासकीय अधिकृत अमर पोखरेल,वीरगंज २१ का पूर्व वडा अध्यक्ष हबिब मियाँ,स्थानीय हरिहर साह,सदन राउत कुर्मी,भोज महतो,कृष्णा साह,धर्मशीला कुशवाहा,जलन्धर पटेललगायतको सहभागिता थियो ।