spot_img

spot_img

असईको पेस्तोल फायरिङ हुदाँ जवान घाइते,असई बच्चा यादवलाई करवाही

पढ्न छुटाउनुभयो ?

spot_img

महोत्तरी
महोत्तरीस्थित प्रहरी चौकी हलखोरीका इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक (असई) बच्चा यादवको पेस्तोल पड्किँदा गोली लागेर सप्तरी घर भएका जवान राजेशकुमार साह घाइते भएका हुन् । घटना गत कात्तिक ३० गते रातिको भए पनि भर्खरै मात्र सार्वजनिक भएको हो ।
यस्तो छ घटना
कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७÷८ जनाको समूहले लुटपाट ग¥यो । लुटपाटमा संलग्नमध्ये सर्लाहीको लालबन्दी नगरपालिका –२ का ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले रौतहटबाट पक्राउ ग¥यो । पक्राउ गरेर ल्याउने क्रममा उनीहरू भाग्न खोजे ।
तर प्रहरीले खुट्टामा गोली हानेर उनीहरूलाई पुनः नियन्त्रणमा लियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रि भोज आयोजन गरिएको थियो । तालुक कार्यालयमा भएको रात्रि भोज खाएर फर्केका असई बच्चा यादव चौकीमा पुगेर रमाइलो गर्न थाले । पेस्तोल खेलाउँदै उनले रमाइलो गरिरहेका बेला फाइरिङ् भयो । गोली जवान राजेशकुमार साहको पाखुरामा लाग्यो ।
घटना ढाकछोप गर्न असई यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारततिर पठाए । भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई जानकारी गरायो ।
घाइते प्रहरी जवानको ठेगाना सप्तरी भएकोले भारतको प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई खबर गरेको थियो । त्यसपछि घटना बाहिरिएको हो । घटनाबारे शुक्रवार मात्र जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी पाएको हो । लगत्तै महोत्तरी प्रहरीले असई यादवलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान गरिरहेको छ । महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले घटना बारे अनुसन्धान भइरहेको बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा

काठमाडौँ।एएफसी सत्र वर्षमुनि (यु-१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img