spot_img

spot_img

वीरगंजमा क्यूएफएक्स सिनेमासहितको स्काईलाइन मल सञ्चालन

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल,वीरगंज
वीरगंजमा मधेस प्रदेशकै पहिलो सुविधा सम्पन्न मल सञ्चालनमा आएको छ । आदर्शनगरस्थित कन्ट्रीइन होटेलको पश्चिममा ‘स्काइलाइन’ नामले बहुउद्देश्यीय मल सञ्चालनमा आएको हो । वीरगंजको नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै दुई अर्बको लगानीमा निर्मित मलमा मधेस प्रदेशकै पहिलो र एक मात्र मल्टीप्लेक्स सिनेमा हल पनि सञ्चालनमा ल्याइएको छ । मलले नेपालकै सर्वोत्कृष्ट क्युएफएक्ससँगको सहकार्यमा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएको छ । काठमाडौँ, पोखरालगायत देशका अधिकांश ठूलो शहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगंजको स्काइलाइन मल मार्फत मधेस प्रदेशमा प्रवेश लिएको छ । त्यस्तै मलमा भारतमा चार सयभन्दा पनि बढी ठाउँमा स्थापित प्रख्यात होटेल चेन सरोभर पोर्टीको पनि सञ्चालनमा आउन् लागेको छ । आफ्नो आतिथ्य र स्वादिष्ट खाने परिकाका लागि चर्चित सरोभर पोर्टीको होटेलले वीरगंज र आसपासका वासिन्दालाई अन्तर्राष्ट्रिय स्तरको सेवाको मौका दिने मल सञ्चालकहरूको विश्वास छ ।

दश तल्ले मलमा रिटेल स्टोरसहित पार्टी, फङ्सन आयोजना गर्नका लागि ब्यान्क्यूट हल, भारतीय तथा वैदेशिक पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरको क्यासिनो, स्विमिङ पुल, रूफटप रेस्टुराँलगायतको सुविधा रहेको छ । हालका लागि आंशिक रूपमा सञ्चालित मल केही समय भित्रै पूर्ण रूपमा खुल्ने आउने बताइएको छ ।

बिहीबारदेखि मलमा रहेको क्यूएफएक्स नेपाली,हिन्दी र अग्रेजी सिनेमाहरु प्रदर्शन भइरहेका छन् । उद्घाटनको दिन हिन्दी कथानक चलचिक जवान त्यसपछि दिमाग खराब,मार्बल प्रदर्शन भएको थियो भने आइतवार लक्ष्मीपूजाका दिन बडिवुड फिल्म टाइगर ३ प्रदर्शन हुने जनाइएको छ । हलमा तिन वटा छुट्टाछुट्टै अडीटोरियम स्क्रिनहरू छन् । जहाँ एकै पटक तिन वटासम्म चलचित्र देखाउन सकिने सञ्चालकहरूले जनाएका छन् । कूल ३ सय ८२ सिट सख्या रहेको हलका दुई वटा अडीटोरियममा रिक्लाइनर सिट पनि छ । नर्मल सिटको साढे ३ सय र रिक्लाइनर सिट(सुतेर हेर्न सकिने) को साढे ८ सय टिकट राखिएको छ ।

सिनेमाको उत्कृष्ट अनुभव दिनका निमित्त अडीटोरियमहरूमा डल्बी साउण्ड सिस्टम जडान गरिएको छ भने एट्मस डल्बी सुविधा समेत रहेको छ । दर्शकहरूले क्यूएफएक्स वीरगंजमा टिकट बुक गर्न क्यूएफएक्सको आधिकारिक एप, वेबसाइटको प्रयोग गर्न सक्ने छन् भने खल्ती वालेटबाट पनि टिकेट बुकिङको सुविधा रहेको छ । त्यस्तै मलकै पहिलो तल्लामा रहेको बक्स अफिस काउन्टरबाट पनि टिकट बुकिङ गर्न सकिन्छ सुविधा रहेको छ । मल सञ्चालनमा आएसँगै कोभिडका कारण सुस्ताएको वीरगंज बजारमा आर्थिक गतिविधि चलायमान हुने सञ्चालकहरूले विश्वास लिएका छन् ।
आर्थिक नगरी वीरगंजमा अन्य सम्पूर्ण सुविधा रहे पनि मल नहुँदा यहाँका बासिन्दाले खल्लो महसुस गर्ने गरेकोले उनीहरूकै माग अनुसार मल सञ्चालनमा ल्याइएको सञ्चाललक बताउँछन् । मलमा वीरगंजवासीलाई एकै स्थलमा किनमेलदेखि मनोरञ्जन, खेलकुदसम्मको सेवा लिन सक्ने छन् ।.

मारवाडी यूवाहरुको सपना

मल निर्माणमा वीरगंजको जगदम्बा समूह, क्याल समूह, शालिमार समूह र कलश समूहका नयाँ पुस्ताका मारवाडी समुदायको लगानी छ । नेपाल, भारत तथा विदेशबाट अध्ययन पूरा गरी बदलिंदै गरेको आधुनिक परिवेशको मागलाई मध्यनजर गर्दै सामूहिक सपनाको उपज हो, वीरगंजमा भव्य मलको निर्माण । वीरगंजका व्यवसायी राजेश अग्रवालकी छोरी आकृति अग्रवाल,ज्वाई अंकुर भंगर, अर्का व्यवसायी रमेश अग्रवालका छोरा प्रतीक अग्रवाल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीका छोरा अंशुमन पटवारी, शालिमार समूहका हेमन्त बैद, क्याल समूहका अनुज क्याललगायतको यसमा लगानी रहेको छ । वीरगंज कोरिडोरमा सञ्चालित शुभश्री जगदम्बा सिमेन्टका साझेदार उद्योगपति राजेश अग्रवालका प्रतीक भतिजा हुन् । हेमन्त बैद वीरगंजका उद्योगपति अशोक बैदका छोरा हुन् भने क्याल घरानाका अनुज क्याललगायत आधा दर्जन व्यापारिक घरानाको यसमा लगानी रहेको बताइएको छ । मलको बेसमेन्टमा पार्किङ,भुइतल्लामा पसलहरु,तेस्रो र चौथोमा क्यूएफएक्स राखिएको छ भने अन्य तल्लामा के राख्ने बारेमा अहिले टुगो लाग्न बाँकी छ ।

Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img