spot_img

spot_img

वीरगंजमा कोलकाताकी सेक्सोफोन वादक अनुष्काको चर्चा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ कात्तिक ।
बहुत कम स्टेज शोमा देखिने बाजा हो,सेक्सोफोन । यसको बादक पनि नेपाल भारतमा कमै छन् । ज्याज म्यूजिकको इन्स्ट्रुमेन्टको रुपमा चिचिने यो बाजाले मिठो धुन निकाल्ने भएकोले खासगरी व्यस्क पुस्तालाई यो बाजाको संगीत खबै मनपर्छ । यस्तै बाजासहितको ब्यान्डको चर्चा अहिले वीरगंजमा भइरहेको छ ।
आदर्शनगर ग्रीनसिटी वीरगंजको संयोजन एवं वीरगंज महानगरको आयोजनमा हाल आदर्शनगरस्थित बसपार्कमा लागिरहेको ५ दिने रात्री बजारमा भारत,कोलकाताको क्लासिक सिम्फोनी नामक ब्यान्डले वीरगंजेली दर्शकलाई झुमाएको चर्चा छ । उक्त ब्याण्डकी सेक्सोफोन बादक हुन्,अनुष्का रोय । उनको सङ्गोतिक प्रस्तुतिलाई अहिले सबैले रुचाएको दर्शकहरु बताउँछन् । जब उनी स्टेशजमा आफनो प्रस्तुति दिन्छिन् तब दर्शकहरु मन्त्रमुग्ध भएर उनको संगीत सुन्ने गरेका छन् । उही कलकार रोयको बारेमा उनीसंग गरिएको कुराकानीको अधारमा थप केही कुरा पस्केका छौं ।
बुवा कन्चन रोय र माता झारना रोयको एकल सन्तान हुन् अनुष्का । २५ वर्षिय अनुष्काले रविन्द्र भारती विश्वविद्यालयबाट भोकल म्यूजिकमा स्नातकोत्तर गरेकी छन् । बाल्यकालको विद्यालय जीवनमा पढाई र संगीत अबल रहेकी अनुष्काको प्रथम गुरु निजकी आमा झरना हुन् । आमा पहिलेदेखि म्यूजिक टिचर भएकोले पनि उनको पनि ध्यान बाल्यकालदेखि नै संगीततर्फ खिच्दिै गयो । ३ वर्षको उमेरदेखि संगीत सिख्दै र गायक कला सिक्ने अनुष्का १६ वर्षको उमेर देखि प्लस २ पढदै कलेजमा गायक शुभारम्भ गरिसकेकी थिइन् । करिब ५ वर्ष गायनबाट स्टेज शो गरेकी अनुष्कापछि सेक्सोफोन बादकको स्कोप राम्रो छ भनेर उनको अन्य गुरुहरुले सुझाव दिदाँ उनी यस विद्यातर्फ अग्रसर भइन् । यो बाजा बजाउन शुरुमा श्वासप्रश्वासको समस्या हुने भए तापनि आफुले हिम्मत नहारी निकै दुख गरी सिखेको उनले बताइन् ।
अहिले उनको ब्यान्डमा ड्रमर दीप गोस्वामी,गिटारिस्ट प्लास दत्ता र किवोर्डिस्ट पार्थव चक्रवर्तीलगायतको टिमले सघाइरहेको चर्चा गर्दै अगामि दिनमा पनि सेक्सोफोन स्टेज शोलाई निरन्तता दिइने बताइन् । उनले आफुले नब्बेको दशको मोहम्द रवि,आरडी बर्मनलगायत गायकको गानाको ¥याज गरी शुरु सुनाउने गरेको बताइन् । एकै चोटी उनले ४५ मिनेटमा करिब ९ बलिवुड गाना बजाएर दर्शकलाई झुमाउन सकिने बताइन् ।
उनी कार्यक्रमको समय र दुरीको अधारमा आफुले शुल्क लिने गरे्को समेत बताइन् । निजसंगै वीरगंज आएकी आमा झरनाले आफना बच्चालाई उसको इच्छा अनुसार जीवन बाच्ने र आफनो प्रतिभालाई प्रस्फुटन हुने मौका दिइनु पर्ने उनले सुझाव दिइन् ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img