spot_img
spot_img

पोखरियामा मधेस माटो पार्कको शिलान्यास

पढ्न छुटाउनुभयो ?

वीरगंज,२७ वैशाख/ जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संयुक्त रूपमा माटो पार्कको शिलान्यास गरेका छन् । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ मा ‘मधेस माटो पार्क’ निर्माणका लागि शनिवार शिलान्यास कार्यक्रमको आयोजना गरिएको थियो । अध्यक्ष राउतले चालु आर्थिक वर्षको बजेटमा मधेस प्रदेश सरकारले पर्खाल र मुख्य प्रवेशद्वार निर्माणका लागि १ करोड रुपियाँँ विनियोजन गरिपछि ‘मधेस माटो पार्क’लाई मधेसको एकता, पहिचान र गौरवको प्रतीकको रूपमा विकास गर्ने लक्ष्य लिएको बताए । उनले मधेस प्रदेशका १३६ वटै पालिकाका ऐतिहासिक, सांस्कृतिक र पहिचान झल्काउने धार्मिक एंव ऐतिहासिक स्थलबाट सङ्कलन गरिएको माटो पार्कमा स्थापना गरिने बताए । अध्यक्ष राउतले “माटो यात्रा” अभियान अन्तर्गत मधेस प्रदेशका विभिन्न ठाउँको माटो सङ्कलन गरेर त्यहि माटोलाई पार्कमा स्थापित गरिने बताए । कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साह, जनमत पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, पोखरिया नगगरपालिकाका मेयर प्रदुमन चौहानलगायतको सहभागिता थियो ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर