spot_img
spot_img

आधारभूत सेवाको पहुँच प्रत्येक नागरिकसम्म पु¥याउनु सरकारको दायित्व– मन्त्री यादव

पढ्न छुटाउनुभयो ?

वीरगंज,२७ वैशाख/ संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीजस्तो आधारभूत सेवाको पहुँच प्रत्येक नागरिकसम्म पु¥याउनु सरकारको दायित्व भएको बताएका छन् । शनिवार वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा खानेपानी वितरणका लागि ४ करोड ५० लाखको लागतमा ओभरहेड ट्यांकीको निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले आयोजना तोकिएको समयसीमा भित्र सफलतापूर्वक सम्पन्न हुनुपर्नेमा जोड दिए । मन्त्री यादवले खानेपानी ओभरहेड टंकी निर्माणपछि नगवा र त्यस आसपासको क्षेत्रका बासिन्दालाई शुद्ध, सुरक्षित र व्यवस्थित रूपमा खानेपानी उपलब्ध हुने बताए । वीरगज महानगरपालिकाका मेयर एंव नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य राजेशमान सिंहले खानेपाानी मन्त्रालयको नगवा खानेपानी योजना अन्तर्गत त्यहाँ ४५० घनमिटर क्षमताको खानेपानी ओभरहेड टंकी निर्माण गर्न थालिएको बताए । मेयर राजेशमान सिंहले नगवामा खानेपानी ओभरहेड टंकीको निर्माणपछि वडा नम्बर १६ का नागरिकले सहज रूपमा शुद्ध र स्वच्छ खानेपानी पाउने बताए । वडा सदस्य लवंगी देवीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल, जसपाका जिल्ला अध्यक्ष सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी,जसपाका केन्द्रीय सदस्यहरू पुरषोत्तम लाल झा, मधुमाया यादवलगायतको सहभागिता थियो ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर