वीरगंज, २६ बैशाख । वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर चौकदेखि पश्चिम पटेलनगरसम्मको मुख्य सडकको अतिक्रमण मुक्त गरिएको छ। नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा वर्षाैंदेखि अवरूद्ध रहेको सो सडकको आजदेखि अतिक्रमण मुक्त गरिएको हो । लामो समयसम्म सो सडकको निर्माण कार्य सम्पन्न नभएपछि महानगरपालिकाको भौतिक अतिक्रमण नियन्त्रण समितिले हस्तक्षेप गरी आजदेखि सडक अतिक्रमण मुक्त गरेको हो । स्थानीय रामनारायण साह, प्रभु महतो, राजाराम यादव, राजेश महतो लगायत केही व्यक्तिहरूले सडकको सरकारी जग्गामा बनाएका टहरा र संरचनाहरू हटाएर अतिक्रमणमुक्त गर्न महानगरपालिकाका हरि पोखरेलको नेतृत्वमा अमिनसहितको टोली खटिएको थियो। सो कार्यमा वडा नं. २१ का वडाध्यक्ष राध कृष्ण साह रौनियार, सचिवालय सदस्य नवराज फुयाल तथा नगर प्रहरी प्रमुख हरि प्रसाद भुसालको रोहबरमा नक्सा अनुसार सडकको दुबै तर्फको क्षेत्र छुट्याइएको थियो।
Facebook Comments Box