spot_img
spot_img

नक्कली ९३ हजार नोटसहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ वैशाख । जिल्ला प्रहरी कार्यालय, मकवानपुरीले हेटौंडाबाट नेपाली रुपियाँँ ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर २ घर भई हाल हेटौँडा–८ बसोबास गर्दै आएका ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन् । उनलाई गए राति बिहान सवा एक बजेको समयमा पूर्व–पश्चिम लोकमार्गस्थित रातोमाटेमा पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार बर्दिबासबाट हेटौँडातर्प आउँदै गरेको बारु. ३३ प ९९८३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा अधिकारीलाई उक्त परिमाणको नक्कली नोटसहित पक्राउ गरी नियन्त्रणमा लिएको थियो । प्रवक्ता अर्यालका अनुसार प्रहरी चौकी रातोमाटेमा खटिएको प्रहरी टोलीले शङ्का लागेपछि उनको शरीर र झोला जाँच गर्दा झोलाभित्र लुकाएर राखिएको अवस्थामा ५०० दरका नक्कली नोट १८६ थान फेला परेको हो । बरामद नोटको कुल रकम ९३, हजार रुपियाँँ बराबर रहेको छ । अधिकारीलाई पक्राउ गरी मुद्रा सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालले बताए । उनले मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर