वीरगंज, २५ वैशाख । वीरगंज युवा समाजले आज घाइते कमल शिवाभक्तिको परिवारलाई खाद्यान्य तथा लताकपडा वितरण गरेको छ । मकवानपुर जिल्लाको बुंगडेल गढी निवासी कमल शिवाभक्ति केही दिन अघि पात टिप्पने क्रममा रूखबाट लडेर सख्त घाइते हुन पुगेका थिए । एउटा बुढी आमा र दुर्ई दाजु भाईको तीन जनाको परिवारमा बुढी आमा पारालाइसिसले गर्दा केहि वर्ष देखि नै बेड बाट उठन न सक्ने अवस्थामा छिन । यसरी घर चलाउने ब्यक्ति नै घाइते हुँदा घरको आर्थिक हालत निकै नै खराब भएर हातमुख जोर्न नि कठिनाई हुँदै आएको खबर सुन्ने बित्तिकै वीरगंज युवा समाजको टोली त्यहाँ पुगी करीब ६ महीना पुग्ने खाद्यान्य तथा लताकपडा पीडित परिवारलाई हस्तान्तरण गरेको छ । बिगतमा पनि यस प्रकारका मानवीय सेवा वीरगंज युवा समाजले गर्दै आएको र भविष्यमा पनि यसलाई निरंतरता दिने समाजका अध्यक्ष संजीव थापाले जानकारी दिए । आजको हस्तान्तरण कार्यक्रममा समाजका रोशन गुप्ता, बिनोद धिमाल, मनोज गुप्ता, सुशील सिंह, बन्दना चौधरी, गायत्री कुमारी चौधरी, कमलेश सर्राफ, सुबोध श्रीवास्तव, विक्रांत खनाल तथा बेंटि सिंहको उपस्थिति रहेको थियो ।
Facebook Comments Box