spot_img
spot_img

पत्रकारका पितामाथि आक्रमण गर्ने प्रशासकीय अधिकृतसहित दुर्ईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले पोखरिया नगरपालिकाका पूर्व प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवसहित दुर्ई जनालाई ज्यान मार्ने उद्योग अन्तर्गत पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाइ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय कुमार श्रीवास्तव, विन्दवासिनी गाउँपालिका इटियाही टोलका अजित कुमार चौरसिया रहेका छन् । पर्साका पत्रकार रञ्जीत चौरसियाले पोखरिया नगरपालिकामा ५८४ जना कर्मचारीको विरूद्धमा लेखेको समाचारका विषयमा २०८० सालको चैतमा स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवले गाली बेइज्जतीको मुद्दा दर्ता गराएका थिए । त्यसको केहि महिनापछि श्रीवास्तव लगायतले पत्रकार चौरसिया विरूद्ध ५ जनाले जिल्ला अदालत पर्सामा विद्युतीय अपराधको मुद्दा दर्ता गराएका थिए । दुईवटै मुद्दा अदालतमा विचाराधीन रहँदा २०८१ वैशाख ३१ गते पत्रकार चौरसियाका पिता सुबास प्रसाद चौरसियामाथि श्रीवास्तव र अजित लगायतकाले कुटपिट गरी छुरा प्रहार गरेको पीडितले जनाएको छ । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय पर्सामा पटक–पटक अनुनय गर्दा पनि कुनै पनि उजुरी नलिएपछि त्यसको विरोधमा पीडितले उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगंजमा परमादेशका लागि निवेदन दिएका थिए । उच्च अदालतले चैतको पहिलो साता प्रहरीलाई मुद्दा दर्ता गरी अनुसन्धान गर्न परमादेश दिएको थियो । उच्च अदालतको आदेशअनुसार अनुसन्धान अघि बढाउँदा जिल्ला प्रहरी कार्यालय पर्साले ज्यान मुद्दामा संलग्न भनिएका प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तव र अजित चौरसियालाई पक्राउ गरेको हो । उनीहरूविरूद्ध पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । पत्रकार रञ्जीत चौरसियाले सार्वजनिक निकायको दुरूपयोग, आर्थिक अपचलन र आन्तरिक अनियमितता सम्बन्धी समाचार लेखेपछि श्रीवास्तवले व्यक्तिगत रिसइबीका आधारमा झुट्टा मुद्दा दायर गर्दै उनी र उनको परिवारलाई सताउने काम गरेको छ । पक्राउ परेका प्रशासकीय अधिकृत श्रीवास्तव २०८२ वैशाख ७ गते स्वास्थ्य शाखाका प्रमुखको रूपमा बहुदरमाइ नगरपालिकामा हाजिर भइ निमित्त प्रमुख प्रशासकीय अधिकृतका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धाइरहेका थिए ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर