spot_img
spot_img

वीरगंजमा राष्ट्र बैंकको आयोजनामा क्रिकसल शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज,५ वैशाख । सानो आकारको क्रिकेट प्रतियोगिता आर्थात वीरगंजमा आजदेखि तीन दिने ‘क्रिकसल’ प्रतियोगिता शुरु भएको छ ।
नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा अन्तर बैंक क्रिकसल प्रतियोगिता शुरु भएको हो । वीरगंज–१६ नगवास्थित ‘हाम्रो फुटसल’ खेल मैदानमा आयोजित सो प्रतियोगिताको उद्घाटन, वीरगंज १६ का वडा अध्यक्ष परशुराम चौरसियाले गरे । नेपाल राष्ट्र बैंक वीरगंजका कामु निर्देशक पुष्कर सुर्खालीको अध्यक्षता र राष्ट्र बैंकका नरेश सर्राफको सहजीकरणमा शुक्रवार अपरान्ह साढे ३ बजेदेखि शुरु भएको प्रतियोगिता आईतवार साझ सम्म चल्ने आयोजकले जनाएको छ । नेपालकै क र ख वर्गका कुल २४ वटा वाणिज्य बैंकहरुको सहभागिता रहेको सो प्रतियोगिताको लिग चरण अन्तर्गतको कुल ७ वटा खेल शुक्रवार सम्पन्न भएको छ भने बाँकी लिग खेल शनिवार र आईतवार विहान क्वाटरफाइनलका खेलहरु र साझ सेमिफाइनल र फाइनल खेल हुने राष्ट्र बैंकका कर्मचारी नरेश सर्राफले जानकारी गराए ।
उनका अनुसार ८–८ ओभरको खेलमा एक टिमबाट एक महिलासहित कुल ७ जना खेलाडी खेल्ने नियम रहेको बताए । पहिलो खेलमा माछापुञ्छ्रेलाई पराजित गर्दै कर्पोरेट,दोस्रो खेलमा प्राइमलाई पराजित एनएमबि र तेस्रो खेलमा निम्बलाई पराजत गर्दै लक्ष्मी सनराइज विजयी भए ।
त्यसैगरी,चौथो खेलमा ग्लोबललाई पराजित गर्दै राष्ट्रिय वाणिज्य बैंक,पाँचौमा एभेरेष्टलाई पराजत गर्दै सिद्धार्थ,छैठोमा हिमालयनलाई पराजित गर्दैै महालक्षमी र सातौंमा प्रभुलाई पराजित गर्दै सिटिजन्स बैंक विजयी भएका छन् । बैंकर्सको व्यस्त जीवनमा यो प्रतियोगिताले स्वस्थ रहन शारीयिक व्यायाम आवश्यक रहेको यो प्रतियोगिताले उत्प्रेरणा जगाउने वक्ताहरुले विश्वास व्यक्त गरेका छन् ।यसअघि राष्ट्र बैंकले अन्त फुटसल प्रतियोगिता आयोजना गरेको थियो ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर