spot_img
spot_img

प्रहरीको मिलेमतोमा जीतपुरमा तस्करी

पढ्न छुटाउनुभयो ?

बारा, ५ वैशाख । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको छ ।
प्रहरीलाई मासिक लाखौं रुपियाँँ नजराना बुझाएर प्रहरीकै सामुन्नेबाट दैनिक रूपमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भि¥याइएको उक्त मालसामान जीतपुर बजारमा पुग्ने गरेको स्थानीयको आरोप छ। इलाका प्रहरी कार्यालय जितपुर र सशस्त्र प्रहरी सुरक्षा ब्यास क्याम्प बकुलियाको मिलोमतोमा मालसामान भित्रिरहेको स्वयं तस्करहरूले नै स्वीकारेका छन । बिहानदेखि दिउँसोसम्म तस्करले मालसमान ओसारिरहेको पाइए पनि प्रहरीले बेवास्ता गरिरहेको छ। दैनिक वा मासिक रकम नबुझाउने तस्करको मालसामान पक्राउ गर्ने तर नजराना बुझाएर करोडौं मूल्य पर्ने मानसम्मान भित्रिरहे पनि प्रहरी यस विषयमा बेखबर रहेको प्रत्यक्षदर्शी व्यापारीहरू बताउँछन। इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख जेजन कार्की र सशस्त्र सुरक्षा बेस क्याम्प बकुलियाका प्रमुख प्रकाशचन्द भट्टसँग यश बिषयमा बुझ्दा उनीहरुले अनभिज्ञता प्रकट गरे । स्थानीयबासीहरूका अनुसार इलाका प्रहरी कार्यालय जितपुर र सशस्त्र बेस क्याम्प बकुलियाका घुमुवा साधा पोसाकमा बिहानदेखि रातिसम्म बजारमै डेरा जमाएर तस्करसँगै बसिरहेका देखिन्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङसँग यस विषयमा बुझ्दा कुनै पनि प्रहरीले यस्तो गलती गरेमा कानुन कारवाही गर्ने चेतावनी दिए । जितपुर बजारमा भित्रिने मालसम्मान खाद्यान्य, कपडा, हार्डवेयर, जुत्ता चप्पललगायत छन् ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर