spot_img
spot_img

कृषिलाई क्षेत्रमा औद्योगिक क्रान्ति ल्याउन यान्त्रिकरणमा तीनवटै सरकारले जोड दिनुपर्ने

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ फागुन ।
कृषिलाई क्षेत्रमा औद्योगिक क्रान्ति ल्याउन यान्त्रिकरणमा तीनवटै सरकारले जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
कृषि औजार अनुसन्धान केन्द्र वीरगंजले अयोजना गरेको हिउँदे बाली प्रविधिहरूको एक दिवशीय अवलोकन तथा मूल्यांकन भ्रमणका सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन ।
जनशक्तिको पलायनले गर्दा कृषिलाई औद्योगीकरण बनाउनु परम्परागत खेती भन्दा प्रविधिमा आधारित खेती कम लगानीमा बढी आम्दानी हुने भएकोले यस तर्पm तिनै तहका सरकारहरूले यान्त्रिकरणमा जोड दिनपर्ने कार्यक्रममा सहभागी कृषि बिज्ञहरूको भनाइ रहेको छ ।
वातावरणीय परिवर्तन र नेपालको बर्तमान परिवेसमा कृषि कर्ममा यान्त्रिकरणको अपरिहार्यता बढदै गएको उनीहरूको भनाइ थियो ।
बारा जिल्लाको फेटा गाउँपालिका त्रिवेणीका किसानले कृषियन्त्र ‘पोट्याटो प्लान्टर’बाट लगाएको आलुबालीलाई सोमवार पोट्याटो ड्रिगर मेशिनबाट घर भित्र्याउने प्रविधिको स्थलगत प्रदर्शन अवलोकन गरिएको थियो ।
कृषि अगुवा किसान पारस ठाकुरले तिनवर्ष देखि प्रविधिबाटै आलु रोप्ने र उखेल्ने गरेको बताउदै परम्परागत खेतीबाट कम लगानिमा बढी आमदानी हुने गरको बताए ।
गाउँपालिकाको ५० प्रतिशतको अनुदानमा आफुले ४ लाखमा पोट्याटो प्लान्टर मेशिन खरिद गरेको बताउनु भयो । जसले गर्दा यसभेगका किसानलाई आलु रोप्ने सिजनमा आकर्षित भएकोले आलु रोपेरै १५ दिनमा २ लाख ५० हजार रुपियाँ आम्दानी गर्न सफल भएको ठाकुरको भनाइ थियो ।
पर्साको पर्सागढी नगरपालिका–३ का किसान युवराज थापाले ३ वर्ष यता शून्य जोताई प्रविधिबाटनै उत्कृष्ट गहुबाली रोप्दै आएको बताए । उनले यो प्रविधिले गर्दा लागत पनि कम र उत्पादन गहु परम्परागत खेतीभन्दा डेढ गुना भइरहेको बताए।
पर्सा जगरनाथपुर गाउँपालिका–३ का अगुवा किसान अभय यादवले ३ वर्ष देखि सर्पmेस मल्चर सिडर प्रविधि अर्थात सुन्य जोताइबाट नै गहुखेती गरेको बताउदै यसतर्पm टोलवासीहरू पनि अकर्षित हुन थालेको बताए।
कृषि अनुसन्धान निर्देशनालय मधेश प्रादेशिक कार्यालय परवानीपुरका प्रमुख डा बिपि यादवले भविष्यमा कृषि मजदुरको थप अभाव हुदै जाने भएकाले कृषिमा यान्त्रिकरणको बिकल्प नरहेको दाबी गरे ।
कार्यक्रमका प्रमुख अतिथि कृषि यान्त्रिकरण प्रविधि केन्द्र नक्टाझिलका प्रमुख इन्जिनियर सरोज अधिकारीले यान्त्रिकरणमा जोड दिदै.नया प्रविधिको विकासमा बाटनै मुलुकमा कृषि क्रान्ति आउने बताए । उहाले हरेक किसानलाई आउने समयमा अभ्यस्त हुनु पर्ने बाध्यता समेत रहेको दाबी गर्नु भयो ।
कृषि औजार अनुसन्धान केन्द्र रानिघाट वीरगंजका प्रमुख इन्जिनियर सचिन कुमार मिश्राले पछिल्लो केही वर्ष यता केन्द्रले नयाप्रविधिको विकास र स्तरोन्नति गरी किसान समक्ष नया नया प्राविधिहरूको पहुच पु¥याउने कार्यक्रमहरू ल्याइरहेको बताउदै परवर्तीत जलबायु र मजदुर अभावको समस्या झनै बिकराल रूपमा देखा पर्ने भएकोले कृषिमा यान्त्रिकरणको बिकल्प नभएको बताए ।

Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजमा राष्ट्र बैंकको आयोजनामा क्रिकसल शुरु

वीरगंज,५ वैशाख । सानो आकारको क्रिकेट प्रतियोगिता आर्थात वीरगंजमा आजदेखि तीन दिने ‘क्रिकसल’ प्रतियोगिता शुरु भएको छ । नेपाल राष्ट्र...
- Advertisement -spot_img

सम्बन्धित खबर