वीरगञ्ज,पर्सा २८ फागुन ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आफ्नो ४९ औं वार्षिक साधारणसभाको अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु-याएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) वीरगञ्ज कार्यालय प्रमुख हिमाल लम्साललाई सम्मान गरेको छ । सङ्घले रासस वीरगञ्ज कार्यालय प्रमुख लम्सालले पत्रकारिता मार्फत पर्सा–बारा क्षेत्रका उद्योग,वाणिज्य,अर्थ र विकाससँग सम्बन्धित विषयका साथै सामाजिक जीवनका समग्र पक्षमा सशक्त ढंगले उजागर गरेको भन्दै सम्मान गरेको हो ।
कानुन,न्याय र संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सम्मानपत्रसहित गाम्छा ओढाएर सम्मान गर्नुभएको हो । वार्षिक साधारणसभाको अवसरमा आर्थिक वर्ष २०८०-८१ मा भारततर्फ सवैभन्दा धेरै समान निर्यात गर्ने क्रमश ः डाबर नेपाल, जगदम्बा स्टिल, हुलास स्टिललाई पनि सम्मान गरेको छ । त्यसैगरी आव २०८०÷८१ मा तेस्रो मुलुकमा सवैभन्दा धेरै निर्यात गर्ने क्रमशः त्रिवेणी स्पिनिङ मिल्स, शिवशक्ति दालमिल उद्योग र मरियम लेदरलाई पनि सम्मान गरेको छ ।
सङ्घले युवा उद्यमीतर्फ सुमित झुनझुनवाला, महिला उद्यमीतर्फ आकृति अग्रवाललाई पनि सम्मान गरेको छ । सङ्घमा दीर्घ सेवा गरेका पूर्व कर्मचारी अरुणकुमार बर्मा,हेमशंकर लाल कर्ण र श्यामसुन्दर धामीलाई पनि सोही कार्यक्रममा सम्मान ग¥यो । त्यस्तै खुलकुद क्षेत्रमा योगदान पु-याएको भन्दै करण यादवलाई पनि सम्मान गरेको थियो । सामाजिक सेवामा सक्रिय आशाकिरण केन्द्रलाई पनि सम्मान गरिएको थियो ।