spot_img

बाराको शान्ति सुरक्षा प्रभावकारी बनाउने– एसपी तामाङ

पढ्न छुटाउनुभयो ?

बारा, २२ माघ । जिल्ला प्रहरी कार्यालय, बारामा सरुवा भई आएका प्रहरी उपरीक्षक सन्तोष तामाङले जिलामा शान्ति सुरक्षा प्रभावकारी बनाउने बताएका छन् । मंगलवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अपराध र तस्करी नियन्त्रण पहिलो प्राथमिकतामा रहेको बताए । २१ वर्षअघि प्रहरी निरीक्षक भई बारामा सेवा दिएको बताउँदै उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पाएकोमा खुशी व्यक्त गरे । उनले जिल्लामा ९५६ जना प्रहरी परिचालित रहेको जानकारी दिँदै सबै युनिटहरूलाई आवश्यक निर्देशन दिइसकेको उल्लेख गरे । एसपी तामाङले गलत गरे सजाय दिइनेछ र राम्रो काम गरे पुरस्कृत गरिने बताए । बारा जिल्लामा शान्ति, सुरक्षा, सुशासन र अपराध नियन्त्रणमा प्रभावकारी योजना कार्यान्वयन गरिने बताए ।
Facebook Comments Box

ताजा खबर

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई...
- Advertisement -spot_img

सम्बन्धित खबर