सहारा संवाददाता––––––––––––––– वीरगंज, २० माघ । संघीय खानेपानी मन्त्री प्रदीप यादवले एक वर्षभित्र २७ प्रतिशतबाट शुद्ध खानेपानीको पहुँचलाई ५७ प्रतिशतसम्म पु-याउने लक्ष्यसहित काम गरिरहेको बताएका छन् । आइतवार वीरगंज–१३ राधेमाईस्थित साउथ जोन माविको १६औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले देशभरका विद्यालयहरूमा शुद्ध खानेपानी वितरण गर्ने प्रतिबद्धता गरे । उनले शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयबाट सहसचिव मिना श्रेष्ठको नेतृत्वमा टोली गठन गरिएको र गृहकार्यमा जुटिसकेको जानकारी गराए । मन्त्री यादवले छोरीछोरीको शैक्षिक गतिविधीबारे अभिभावकले चासो राख्नु पर्ने सुझाव दिए । पढाइ, खेलकुद तथा अन्य क्रियाकलाप कस्तो छ भनेर सोधखोज गर्नुपर्ने उनले बताए । विद्यालयका प्राचार्य सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रहबर अन्सारी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मोहनलाल चौधरी, प्रहरी उपरिक्षक गौतम मिश्र, वीरगंज महानगर पालिकाको शैक्षिक प्रशासन महा शाखाका हरि राउत, नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेललगायतको सहभागिता थियो ।
Facebook Comments Box