spot_img

बुद्धिजीवी परिषद्को अध्यक्षमा श्याम गुप्ता निर्वाचित

पढ्न छुटाउनुभयो ?

परवानीपुर,१९ माघ / नेपाल बुद्धिजीवी परिषद् पर्साको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट श्याम गुप्ता सर्वसम्मतिले जिल्ला अध्यक्षमा चयन भएका छन् ।
अधिवेशनले जिल्ला समितिको नेतृत्व चयन गर्दै सङ्गठनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
परिषद्ले स्थानीय बुद्धिजीवी वर्गलाई एकताबद्ध गर्दै सामाजिक, शैक्षिक तथा बौद्धिक विकासका गतिविधिहरूलाई अघि बढाउने लक्ष्य लिएको छ ।
नवनिर्वाचित अध्यक्ष श्याम गुप्ताले परिषद्लाई समाज परिवर्तन र बौद्धिक सशक्तीकरणतर्फ अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित समितिको उपाध्यक्षमा रेयाज शाह,सचिव अशोककुमार साह,उपसचिवद्वय सरोज गिरि बिश्वास साह,कोषाध्यक्ष बसिर अहमदलगायत १२ सदस्यीय पदाधिकारी रहेका छन् ।
परिषद् पर्साका पुर्व अध्यक्ष अध्यक्ष सन्तोष साहको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि मधेशप्रदेश परिषद् अध्यक्ष शम्भुप्रसाद गुप्ता,एमाले पर्सा अध्यक्ष डा विश्वम्भर शर्मा,विशिष्ट अतिथि डा अख्तर अन्सारी रहेका छन् ।
Facebook Comments Box

ताजा खबर

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई...
- Advertisement -spot_img

सम्बन्धित खबर