spot_img

जनमत पार्टीद्वारा ७औं निशुल्क आँखा शिविर

पढ्न छुटाउनुभयो ?

वीरगंज, ०९ माघ । जनमत पार्टी पर्साले लोककल्याणकारी अभियान अन्तर्गत ७औं निशुल्क आँखा शिविर वीरगंज महानगरपालिका–३ छपकैयामा सम्पन्न गरेको छ । शिविरमा ११२ जनाको आँखाको चेकजाँच गरिएकोमा २७ जनामा मोतियाबिन्दु फेला परेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले बताए । मोतियाबिन्दु देखिएकाहरूको वीरगंज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिनेछ । शिविरमा वीरगंज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी लगायतको टोलीले आँखाको चेकजाँच गरेका थिए । ग्रामीण इलाकाका नागरिकहरू स्वास्थ्य सेवाको पहुँचमा आउनबाट वञ्चित हुने तथा उनीहरूमा सूचनाको अभाव समेत रहने भएकाले अभियान नै चलाएर चेकजाँच र शल्यक्रिया शुरू गरिएको अध्यक्ष सरार्फले जनाए । कार्यक्रमको सहजीकरण स्थानीय युवा सन्तोष वर्णवाल लगायतकाले गरेका थिए । कार्यक्रममा रम्भा मिश्र, पुनम कर्ण, राजनराण मिश्र, संजय सिह, संजय सरार्फ, लोकेश कर्ण, लगायतको सहभागीता रहेको थियो । जनमत पार्टी पर्साको लोककल्याणकारी अभियान अन्तर्गत अहिलेसम्म शहर देखि गाउँसम्म ८०० जना लाभान्वित भएका छन् भने २०० जनाको निशुल्क मोतियाबिन्द लगायतको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको छ ।
Facebook Comments Box

ताजा खबर

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई...
- Advertisement -spot_img

सम्बन्धित खबर