वीरगंज, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको कडा सुरक्षा घेराका बीच बयान लिन शुरु गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलवार बिहान पर्सा प्रहरीले कडा सुरक्षा घेराका बीच पुरयाएका थिए । वीरगंजमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन भएको वारेमा बयानका लागि लामिछानेको बयान लिइरहेको छ । सानो पाइलाको आठ करोड भन्दा बढी रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा गएको देखिएपछि पर्सा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर लामिछानेलाई वीरगंज ल्याएको हो ।
Facebook Comments Box