spot_img

दश वर्षदेखि लिभिङ टुगेदरमा ट्रान्सजेन्डर पूजा

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल
वीरगंज, १९ मंसिर । वीरगंजमा बसोबास गर्ने तेस्रो लिंगीमध्ये कमैले लिभिङ टुगेदरमा बस्ने गरेको पाइएको छ ।
पुरुष पार्टनरहरुसँग उनीहरु गुपचुप किसिमले लिभिङ टुगेदरमा बस्ने गरेका छन् ।

वीरगंज–१० आदर्शनगरकी ३० वर्षीया  हुन पूजा साह । उनले वीरगंज–११ श्रीपुरका एकजना व्यवसायीसँग लिभिङ टुगेदरमा विगत १० वर्षदेखि बस्दै सम्बन्धलाई अगाडि बढाएकी छन् । उनको पार्टनर विवाहित हुन् । उनको घरमा पत्नी र चारवटा सन्तान छन् । तैपनि आफूलाई पत्नीजस्तै मान्ने गरेको उनी बताउँछन् । १० वर्ष अगाडि वीरगंज घण्टाघरको सडकछेउमा भेट भएपछि सामान्य चिनजानबाट शुरु भएको सम्बन्ध अनौपचारिक किसिमले पति–पत्नीको सम्बन्धमा समेत परिणत भएको उनी स्वीकार्छिन् । तर समाजले थाहा पाउने डरका कारण अनौपचारिक रुपमा विवाह भए तापनि सामाजिक रुपमा र कागजी रुपमा मान्यता आफूहरुले विवाहले नपाएको उनको दुःखेसो छ ।

“सामान्य बोलचाल र सामाजिक सञ्जालको च्याटबाट हाम्रो सम्बन्ध घनिष्ठ हुँदै गयो । त्यसपछि भेटने अन्य मायाप्रितीका कुरा गर्नेलगायतको गतिविधिबाट पतिपत्नीसमेत हामी बन्यौं”, उनले भनिन्, “तर यसबारेमा न मेरो घरपरिवारका सदस्यलाई थाहा छ, न उसको घरपरिवारको सदस्यलाई थाहा छ । उसले मलाई मासिक रुपमा तीस–चालीस हजारसमेत खर्च दिने गरेको छ ।”

महीनामा चारपाँचपटक मात्र आफूहरुको गोप्य रुपमा भेटघाट हुने गरेको तैपनि हामी एउटा पतिपत्नीकै दर्जामा बाँचिरहेको पूजा बताउँछिन् ।

कतिपयले मलाई उसको पत्नी भएर पनि चिन्ने गरे तापनि सामाजिक र कानूनी रुपमा पतिपत्नीको दर्जा नपाउँदा कहिलेकाहिं उसले छोडेर गएपछि कसले हेर्ने र हामी कसरी जीवन बाँच्ने विषयमा चिन्ता पनि लाग्ने गरेको उनले बताइन् ।

संविधानले कानूनी रुपमा विभिन्न झन्झटको कारण ट्रान्सजेन्डरहरु विवाह गर्न नसकेको कारण आफूहरु पनि गोप्य किसिमकै सम्बन्ध अगाडि बढाउन बाध्य भएको उनको भनाइ छ । यसमा सरकार र सरोकारवाला निकायको ध्यान जानुपर्ने उनको भनाइ छ । वीरगंजमा दुई वटा लेसबियन जोडी र तीनवटा ट्रान्सजेन्डर जोडी लिभिङ टुगेदरमा बसिरहेको बुझिएको छ । सहयात्री समाज नेपाल वीरगंजमा करीब ५०० क्वेयर समुदाय आबद्ध भए तापनि खुलेर अहिले पनि पतिपत्नीको रुपमा जोडी बनेर सार्वजनिक रुपमा बस्न समस्या रहेको बताइएको छ ।

Facebook Comments Box

ताजा खबर

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई...
- Advertisement -spot_img

सम्बन्धित खबर