spot_img

पर्सामा तीन वर्षमा एचआइभीबाट १० जनाको मृत्यु,तीन जना ट्रान्सजेन्डर

पढ्न छुटाउनुभयो ?

राधेश्यामप पटेल,वीरगंज,२० मंसिर
प्रत्येक वर्ष १ डिसेम्बरका दिन विश्व एड्स दिवस मनाइन्छ । अस्ति आइतवार नेपालका विभिन्न शहरसँगै आर्थिक नगरी वीरगंजमा विभिन्न सङ्घसंस्थाहरूले ३७ औं विश्व एड्स दिवस मनाए । स्वास्थ्य कार्यालय, पर्साको आयोजना र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा यो दिवस मनाइएको हो । विभिन्न संघ संस्थाले यो दिवस मनाउने क्रममा अहिले पनि पर्सामा एचआइभी एड्स बारे जनचेतनाको कमीले रहेको कारण पर्सामा १० जनाको मृत्यु भएको बताए । सयात्री समाज नेपाल वीरगंजका संयोजक सुरज लिम्बुका अनुसार मृत्यु हुने १० जना मध्ये ५ जना पुरष र २ जना महिला र ३ जना ट्रान्सजेन्डरको मृत्यु भएको हो । मृत्यु हुनेहरुको परिचय गोप्य राखिएकोे छ ।
सहयात्री समाज नेपाल वीरगंजमा करीब पाँच सयजना क्वेयर समुदायका व्यक्तिहरू खुलेर आबद्ध छन् भने केही नखुलेरसमेत ग्रामीण भेगमा बस्छन् । पाँच सयमध्ये ५० जना एचआइभी सङ्क्रमित रहेका छन् । तर पछिल्लो तीन वर्षमा १० जनाको मृत्यु भएको १० जना मध्ये ३ जना ट्रान्सजेन्टरको मृत्यु भएको हो । असुरक्षित यौन सम्पर्कका कारण उनीहरू एचआइभीको सङ्क्रमणमा परेका थिए । नारायणी अस्पतालका डा उदयनारायण सिंहले प्रत्येक महीना एचआइभी सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुने गरेको बताए ।
सहयात्री समाज नेपाल वीरगंजका संयोजक सुरज लिम्बुका अनुसार मृत्यु हुने १० जना मध्ये ५ जना पुरष र २ जना महिला र ३ जना ट्रान्सजेन्डरको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सबै पर्साको विभिन्न पालिकामा बसोबास गर्ने रहेको छन् । उनले सुरक्षित यौन सम्पर्कका लागि कन्डमको प्रयोग अति आवश्यक रहेको बताए । पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका जिल्लाबाट एचआइभी सङ्क्रमितहरू उपचारका लागि नारायणी अस्पतालमा आउने गरेको बताए ।
जनचेतनाको अभाव र अशिक्षाको कारण एचआईभी भए तापनि उपचारमा ढिल्लासुस्ती गर्दा उनीहरुको ज्यान गएको सहयत्री समाज वीरगंज नेपालकाका कार्यकारी संयोजक लिम्ब बताउँछन् । उनले मृत्यु हुनेहरु सबै जना आर्थिक अवस्थाले पिरोलिएको बताए । उनीहरुको घरपरिवार पनि यो समस्याबाट पोरोलिएको बताए । तसर्थ,एचआइभी पीडितहरको लागि गम्भीर भएर कार्यक्रम अघि बढाउनु पर्ने सरोकारवाला निकायलाई उनले अपिल गरे ।
स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साहले दिएको जानकारी अनुसार नारायणी अस्पताल वीरगंजमा पछिल्लो समयमा एक हजार ४४३ जना एचआइभी सङक्रमितले एआरटी सेवा लिएको बताए । तीमध्ये ५३ जना बालबालिका रहेको उनले बताए । सुईद्वारा लागूऔषध प्रयोगकर्ता, यौनकर्मी र वैदेशिक रोजगारमा गएर घर फर्केकाहरूको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा एचआइभी सङ्क्रमण फेला पर्ने उनले बताए । उनले एचआइभी नियन्त्रणका लागि सबैभन्दा सरल माध्यम कन्डम प्रयोग बारे जनचेतना जागाउनु रहेको बताइयो ।
Facebook Comments Box

ताजा खबर

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई...
- Advertisement -spot_img

सम्बन्धित खबर