spot_img

गढीमाई मेलामा दर्जनौं मनोरञ्जनका साधनको व्यवस्था

पढ्न छुटाउनुभयो ?

पशुबलिका लागि विश्वप्रसिद्ध बाराको बरियारपुरस्थित पञ्चवर्षीय गढीमाई मेला मङ्सिर १ गतेदेखि विधिवत्रूपमा शुरू भएको छ । महागढीमाई नगरपालिका–१ बरियारपुरमा पञ्चवर्षीय गढीमाई मेला शुरू भए तापनि मुख्य मेला मङ्सिर १७ गतेदेखि शुरू हुने मेला मूल समितिले जनाएको छ ।
सो अवधिमा सबैभन्दा बढी भक्तजनहरूको भीड हुने समितिले जनाएको छ । पहिले सवारीसाधनहरू पर्याप्त नभएको र सबैको पहुँचमा निजी सवारीसाधनहरू नभएका कारण मानिसहरूको भीड देखिने गरेको थियो । अहिले मेला शुरू भएसँगै देशका विभिन्न स्थान र भारतका विभिन्न स्थानबाट सवारीसाधन लिएर मानिसहरू मेला हेर्न आउने र जाने क्रम जारी छ । यसैले गर्दा गढीमाई मेलामा परम्परागत भीड नदेखिएको हो ।
सडक सुधार भएको छ र मानिसहरू सवारीसाधनहरूको प्रयोग गर्दै आफू अनुकूलको समयमा गढीमाईको दर्शन गर्दै आएका छन् । मेला शुरू भएसँगै गढीमाई क्षेत्रमा मनोरञ्जनका साधनहरूको तयारी शुरू भएको छ । मनोरञ्जन उपसमितिका संयोजक गजेन्द्र जैसवालले अहिलेसम्म पाँच दर्जन बढीले मनोरञ्जनका लागि स्वीकृति लिएको र सोही अनुसारको व्यवस्थापन भइरहेको बताए ।
झुला, मौतका कुवा, थिएटर, सर्कसलगायतका मनोरञ्जन देखाउने तयारी भइरहेको उनले बताए । उनले मेलाविरुद्ध अफवाह फैलाउने कार्य भएको र मनोरञ्जनका साधनहरू मेलाबाट बाहिरिएको भन्ने कुरामा सत्यता नरहेको बताए । उनले मङ्सिर १३ गतेदेखि मनोरञ्जनका साधनहरूको प्रयोग हुने र अफवाह आफैं सकिने दाबी गरे ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

रास्वपाका सभापति लामिछानेको बयान सकियो

वीरगञ्ज (पर्सा), २६ मङ्सिरः पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img