वीरगंज, ९ मंसिर । भारतबाट धान आयात हुन थालेपछि नेपाली धानको मूल्य घटेको छ । नेपाली धानको मूल्य घटेर किसानलाई घाटा लागेको छ । डेढ महीना अघि नेपाली धानको भाउ प्रतिक्वीन्टल रु चार हजार तीन सय पुगेकोमा नयाँ धानको भाउ अहिले ह्वात्तै घट्दा किसानलाई घाटा लागेको हो । पर्सा, बारालगायत मधेसका अन्य जिल्लामा विशेषगरी सोना मन्सुली (मोटो)ं धान लगाइन्छ ।
पर्सा र बारामा अहिले सोना मन्सुली धान प्रतिक्वीन्टल रु ३१ सयदेखि ३३ सयसम्ममा बिक्री भइरहेको छ । एक सातामा धानको भाउ किलोमा रु १२ सम्म घटेको छ । किसानले धान भण्डारण गर्न नसक्ने भएकाले स्थानीय गोला भण्डारका साहुसँग बिक्री गर्न बाध्य छन् । वीरगंज–२१ पटेलनगरका हरिनारायण कुर्मीका अनुसार खेतबाट भिœयाइएको धानबाली भण्डारण गरेर राख्दा पछि तौल घट्दै जान्छ, कीराले पनि खान्छ, त्यसैले सिजनमैं सस्तो/महँगोमा सल्टाउँछु, उनले भने ।
गाउँका गोला भण्डार साहुले केही महीना धान भण्डार गरी राख्छन् । एक महिनापछि धानको भाउ बढ्दा उनीहरू ठूला राइसमिलसँग मुनाफा लिएर धान बेच्छन् । सोना मन्सुली धानको चामल विशेषगरी पहाडी जिल्लामा जान्छ । हुनेखाने सम्पन्न परिवारले नेपालमा कतर्नी र सोनम चामल खोज्ने भएकाले नेपाली सोना मन्सुली धानको खरीद आफूहरूले नगर्ने वीरगंजका खाद्यान्न व्यवसायी सुरेश रूँगटा बताउँछन् ।
उनले भारतले डेढ महीना अघि देखि चामल र धान आयातमा प्रतिबन्ध हटाएपछि आफूहरू कतर्नी र सोनम धान भारतबाटै मगाइरहेको बताए । उनले कर्तनी धान अहिले प्रतिकिलो रु ४६ र सोनम रु ४४ मा राजस्व र भाडासहित मगाइरहेको बताए । उनले विशेषगरी भारतको बिहार, उत्तर प्रदेशबाट धान आयात भइरहेको बताए । उनले पर्सा र बारामा साना/ठूला गरी करीब तीन सय राइसमिल सञ्चालनमा छन् ।
बारा र पर्सामा उत्पादन भएको सोना मन्सुली मोटो धान केही राइसमिलले किन्छन् भने केही मदिरा उद्योगले पनि किन्ने गरेको उनले बताए । बारा, परवानीपुर–४ चैनपुरस्थित ओसिबी फूड्स एन्ड फिड्सका सञ्चालकसमेत रहेका रूँगटाका अनुसार भारतबाट धान आयात गर्दा अहिले भन्सार महसूल १० प्रतिशत तिर्नुपर्छ । डेढ महीना पहिले भारतबाट नेपालमा धान निर्यात गर्दा भारतले निर्यात महसूल २० प्रतिशत बढाउँदा भारतीय धान निकासीकर्ताहरूले धान निर्यात गर्न बन्द गर्दा धान र चामल आयात ठप्प भएको थियो । तर भारतमा लोकसभाको चुनाव सम्पन्न भइसकेको र धानको हाहाकार अन्त्य भई हाल नयाँ धान उत्पादन भइसकेकोले भारतले नेपालको लागि धान र चामल निकासी फुकुवा गरे हो ।
व्यवसायीहरूले नेपाली किसानले सोना मन्सुलीको ठाउँमा कतर्नी र सोनम धान उत्पादन गरे किलोको रु ४० भन्दा बढीमा बिक्री हुने हँुदF मुनाफा र आम्दानी बढ्ने भएकोले त्यसतर्फ अग्रसर हुनुपर्ने सुझाव दिए । हाल पर्सामा मात्रै करीब १५ हजार हेक्टरमा अगहनी धान लगाइन्छ । यसपालि धानबालीमा कीराको प्रकोप बढ्दा धान उत्पादनमा ¥हास आएको छ भने अर्कोतर्फ मूल्य घट्दा दोहोरो मर्कामा परेका छन् ।

Facebook Comments Box