spot_img

कार्यालय प्रमुखहरूलाई प्रजिअको निर्देशन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ कात्तिक । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्मचारीहरूले आफ्नो तोकिएको मर्यादा पालनामा चुकेको खण्डमा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले कर्मचारीहरू पोशाक, परिचयपत्रसहित समयमा कार्यालय आउने र जाने, जिम्मेवारी तोकिएको फाँटमा बस्ने र तोकिएको काम इमानदारीका साथ निर्वहन गर्नुपर्ने र त्यस्तो नगर्ने कर्मचारीलाई कारबाही हुने चेतावनी दिएका छन् ।
मासिकरूपमा कार्यालय प्रमुखहरूसँगको बैठकमा हिजो उनले यस्तो निर्देशन दिएका हुन् । पर्सामा आएसँगै उनले छठ पूजापछि विभिन्न सरकारी कार्यालयहरूको अनुगमन गराउँदा ठूलो सङ्ख्यामा कर्मचारीहरू अनुपस्थित देखिएका थिए । यसैगरी, पोशाक र परिचयपत्रविना कर्मचारीहरू काम गरेको पाएपछि यस्तो निर्देशन दिएका हुन् । उनले बिदाको समयमा सरकारी सवारीसाधनहरू विनाइजाजत सञ्चालनमा नल्याउन प्रमुखहरूलाई निर्देशन दिए ।
उनले कार्यालयका काम सेवाग्राहीमैत्री बनाउन र कार्यालयमा हुने गरेका विकृति, ढिलासुस्तीलाई हटाउन पनि आग्रह गरे । कार्यालयमा आइपर्ने समस्याबारेमा समयमा जानकारी गराउन र समस्या नदोहोरियोस् भन्नेतर्फ संवेदनशील हुन पनि प्रमुखहरूलाई सुझाए ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित

काठमाडौँ, २६ मङ्सिरः (रासस) नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img