spot_img

महिलाको हत्या, ससुराली पक्ष फरार

पढ्न छुटाउनुभयो ?

प्रस, परवानीपुर, २९ कात्तिक/
भारत, बिहार, पश्चिमी चम्पारण, कमली थाना पोस्ट सुगाहा भवानीपुर, सबैठवा बहुअर्वा माइती भई बिहार, पूर्वी चम्पारण, भेलाही थाना अन्तर्गतको पुरान्दरा बस्ने २२ वर्षीया पिङ्कीदेवीको हत्या भएको छ ।

गत नोभेम्बर १२ मङ्गलवारका दिन बिहानीपख उनको हत्या भएको माइतीपक्षले आरोप लगाएको छ । पर्सा, पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने पिङ्कीका मामा ललन पटेलले दाइजोको कारण उनको ससुराली पक्ष्Fले हत्या गरेको आरोप लगाए । पिङ्कीको शङ्कास्पद मृत्यु भइसके तापनि प्रहरी, प्रशासनलाई खबर नगरी गुपचुपरूपमा लाश जलाउने तयारी गरिरहेका बेला पिङ्कीका मामा र आमाबुबा पुरान्दरा गाउँमा पुगेपछि गाउँमा भागाभाग भएको थियो ।

त्यसपछि भेलाही थानालाई जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिएर शल्यपरीक्षणको लागि मोतिहारी लग्यो । तत्पश्चात् दाहसंस्कार गरिएको थियो । सो घटनामा पिङ्कीका पति वर्ष २६ का मुन्ना पटेल, सासू प्रेमी देवी, ससुरा भरत पटेल, गाउँले यमुना पटेल, सागर कुमार, पतिया देवीलगायतको संलग्नता रहेको आशङ्का गरिएको छ । घरमा झैंझगडा गरी लट्ठीले घाँटी थिचेर हत्या गरेको र घटना लुकाउन लाश जलाउने तयारी भइरहेको भेलाही थानाको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

थानाका प्रहरीका अनुसार घटना शङ्कास्पद देखिएको र शल्यपरीक्षणको अन्तिम प्रतिवेदन अनुसार आवश्यक कानूनी कारबाई अगाडि बढाइने बताइएको छ । १८ महीना अगाडि धार्मिक रीतिरिवाज अनुसार पिङ्कीको बिहे मामाघर धोरेबाट धूमधामका साथ भएको थियो । पिङ्की र मुन्नाको आठ महीनाकी एक छोरी छ । मृतकको घरपरिवारले आवश्यक कारबाई अगाडि बढाइ दोषीलाई कानूनको दायरामा ल्याउन माग गरेका छन् ।

मुन्ना भारत, सुरतमा रोजगार गर्छन् र दाइजोमा सुनको सिक्री नदिएको र छोरी जन्मिएपछि पिङ्कीसँग झगडा गर्ने गरेको तथा ससुराली पक्षसँग पनि सम्बन्ध राम्रो नभएको बताइन्छ ।

Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित

काठमाडौँ, २६ मङ्सिरः (रासस) नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img