वीरगंज,२२ कार्तिक । अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पर्सामा पनि छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ । पर्साको सदरमुकाम वीरगंजमा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाएका हुन । आज यहाँ जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थितिमा छठ पर्व मनाइएको हो । वीरगंजका घडिअर्वा छठघाट सिँगारेर ‘बेहुली’ झै चिटिक्क पारिएको छ ।
पर्साका श्रद्धालुभक्तजनहरु दिउँसो १२ बजेपछि आआफ्नो घरनजिकै रहेको छठ घाटमा परिवारका पुरुष सदस्यले ‘दउरा’ (पूजाका सामग्री बोकेको ढकिया) बोकेर छठघाटमा पुगेको दृश्य देखिन्थ्यो । छठ पर्व कात्तिक शुक्ल चतुुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको विहानीका उदाउँदो सूर्य अघ्र्य दिएर समापन गर्ने गरिन्छ । छठ पर्वको मुख्य तिथि भने आज कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ ।
वर्तालुहरुका अनुसार दउरामा विशेष गरी बोटसहितको अदुवा मुला,केरा,पिडालु, बेसार, नरिवल,स्याउ,सुन्तला केरा लगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अघ्र्यका लागि भने कसैली सुपारी,इलाइची,ल्वाङ,सिन्दुर चढाउने परम्परा छ । छठ पर्वमा महिला–पुरुष भक्तजनहरुले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अघ्र्य दिने गरिन्छ । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्व सचिव मनोज उपाध्यायले लोकआस्थाको पर्व छठलाई वीरगंजमा निष्ठा र श्रद्धापूर्वक मनाइएको बताए । ‘‘श्रद्धालु भक्तजन महिलाहरुले आफ्नो परिवार र सन्ततीको सुखी र समृद्धिको कामना गर्दै पानी समेत नखाई ब्रर्त बसेर छठ पर्व मनाउने गरिन्छ,’’ उनले भने,‘‘छठ पर्व प्रकृतिसँग निकै जोडिएको छ । सूर्य तथा नदी तथा तलाउमा गएर पूजाआराधाना गर्ने भएकाले पनि यसको विशिष्ट महत्व रहेको छ ।’’ घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानुले पनि वीरगंजमा छठ पर्वलाई ै आदरपूर्वक मनाइने बताए । हामीले विगत २२ वर्षदेखि प्राचिन कला संस्कृतिको संरक्षण र जर्गेना गर्दै छठपर्व मनाउँदै आइरहेका छौं,’’ उनले भने,‘‘घडीअर्वा पोखरीमा दिउँसोदेखि नै श्रद्धालुभक्तजनहरुको बाक्लो उपस्थितिमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइएको छ । विधिवत् रुपमा छठ पूजाको समापन भने शुक्रबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिनेछ ।’’ अध्यक्ष कानुले छठ पर्वमा परिवारका सदस्यले छठ पूजाका सामग्रीलाई ढकिया,डालो लगायतमा राखेर छठ घाटमा ल्याउने परम्परा रहेको बताए । महिला वर्तालुहरु पानी समेत नखाई भोकै वर्त बस्ने भएकाले पनि परिवारका सदस्यले छठघाटसम्म पूजाका सामग्री बोकेर ल्याउने चलन रहेको छ,’’ उनले भने ,‘परिवारको सुख, शान्ति र भातृत्वको विकास गर्नका लागि यो पर्व निकै महत्वपूर्ण रहेको छ ।’’ समितिका अध्यक्ष कानुले वीरगंजका अन्य स्थानमा भन्दा घडीअर्वा पोखरीमा दर्शनार्थी र अवलोकनकर्ताको धेरै घुइँचो लाग्ने बताउनुभयो । ‘‘हामीले रु १८ लाख रकम खर्चेर छठ पर्वका लागि घडीअर्वा पोखरी झकिझकाउ गराएका छौं,’’ अध्यक्ष कानुले भने,‘‘भक्तजनसहित करिव डेढ लाखले अवलोकन गर्ने अनुमान गरेका छौं ।’’ वीरगंज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, मुर्ली घठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलखपुर चोर्नी र परसवा,चैनपुर,सुखचैना,पटेलनगर, परवानीपुर,जगनाथपुर,मनियारी,भवानीपुरको छठघाटमा धेरै भक्तजनहरुको सहभागिता रहने गर्छ । छठको दिन श्रीसिया नदि प्रदुषण गर्ने उद्योगको प्रशासनद्वारा अनुगमन वीरगंज,२२ कार्तिक । पर्सा–बारा प्रशासनले संयुक्त रुपमा श्रीसिया नदि प्रदुषण गर्ने उद्योगहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय बाराको संयुक्त नेतृत्वमा पर्सा बाराका विभिन्न उद्योग अनुगमन गरिएको हो । पर्सा,वीरगंज–२१ परवानीपुरस्थित श्रीसिया नदिको ताजपुरस्थित डयाम र त्यसपछि बाराको् परवानीपुर गापा ३ लिपनीमालस्थित वीरेन्द्र संघाई सञ्चालक रहेको अन्नपूर्ण भेजिटेबल्स प्रालि,अन्नपूर्ण सोप एण्ड केमिकल्स प्रालि,त्यसपछि राजु गाडिया सञ्चालक रहेको परवानीपुर प्रहरी चा्रैकी नजिककै रहेको अरनिका प्रोशेसिङ प्रालि र त्यसपछि संघाई समुहकै बारा नितनपुरस्थित त्रिवेणी टेक्सटायल्स प्रालिको अनुगमन गरिएको थियो । उद्योगहरुको अनुगमन पश्चात प्रशासनले प्रारम्भिक रुपमा श्रीसिया नदि प्रदुषणको कारण पत्ता लगाएको बतायो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने,‘अहिले केही पनि बोल्न हतार हुन्छ,उद्योग,अर्थ र कानुनसंग सम्बन्धित विषय हुन्,यस बारेमा विस्तृत अध्ययन गरी शुद्ध र सफा श्रीसिया नदि अभियानमा जुट्नु पर्छ ।’ त्यसैगरी,बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बाराका उद्योगहरुलाई स्थानीय नाला ,नदि र खोला प्रदुषण गर्ने छुट नभएको बताए । उनले यस्तो गल्ती गरेर बस्ने उद्योगलाई कानुनको दायरामा ल्याउनु पर्ने आवश्यक रहेको बताए ।उनले यस्तो अवस्थाले सयौं व्रतालु एवं सर्वसधारणको स्वास्थ्यमा नाकारात्मक असर परिरहेको समेत बताए । अनुगमन टोलीमा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल,बाराका प्रहरी उपरीक्षक महेन्द्र खडका,वीरगंज महानगरका वातावरण शाखाका प्रतिनिधि,सञ्चारकर्मी समेतको सहभागिता रहेको थियो । हरेक वर्ष छठको अगाडि देखि श्रीसिया नदि सफा बनाइनु पर्ने अभियान प्रशासन र सरोकारवाला निकायले अघि बढाए तापनि दिगो रुपमा श्रीसिया नदि प्रदुषण मुक्त हुन नसक्दा वीरगंज रक्सौल आसपासको जनजीवन प्रभावित हुने गरेको छ । त्यसैगरी,हिन्दूहरुको महान पर्व छठ पर्वमा समेत प्रदुषित पानीमा यो पर्व गर्नू पर्ने बाध्यता छ भने अर्को तर्फ गाईवस्तु एवं श्रीसिया नदिको पानीले सिचाँई गर्न सकिदैन । साथै, वीरगंज महानगरको नालाको पानी पनि जथाभावी श्रीसिया नदिमा फाल्ने पटकपटक आरोप लाग्ने गरेको छ ।

Facebook Comments Box