spot_img

छठको दिन श्रीसिया नदि प्रदुषण गर्ने उद्योगको प्रशासनद्वारा अनुगमन

पढ्न छुटाउनुभयो ?

वीरगंज,२२ कार्तिक । पर्सा–बारा प्रशासनले संयुक्त रुपमा श्रीसिया नदि प्रदुषण गर्ने उद्योगहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय बाराको संयुक्त नेतृत्वमा पर्सा बाराका विभिन्न उद्योग अनुगमन गरिएको हो । पर्सा,वीरगंज–२१ परवानीपुरस्थित श्रीसिया नदिको ताजपुरस्थित डयाम र त्यसपछि बाराको् परवानीपुर गापा ३ लिपनीमालस्थित वीरेन्द्र संघाई सञ्चालक रहेको अन्नपूर्ण भेजिटेबल्स प्रालि,अन्नपूर्ण सोप एण्ड केमिकल्स प्रालि,त्यसपछि राजु गाडिया सञ्चालक रहेको परवानीपुर प्रहरी चा्रैकी नजिककै रहेको अरनिका प्रोशेसिङ प्रालि र त्यसपछि संघाई समुहकै बारा नितनपुरस्थित त्रिवेणी टेक्सटायल्स प्रालिको अनुगमन गरिएको थियो । उद्योगहरुको अनुगमन पश्चात प्रशासनले प्रारम्भिक रुपमा श्रीसिया नदि प्रदुषणको कारण पत्ता लगाएको बतायो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने,‘अहिले केही पनि बोल्न हतार हुन्छ,उद्योग,अर्थ र कानुनसंग सम्बन्धित विषय हुन्,यस बारेमा विस्तृत अध्ययन गरी शुद्ध र सफा श्रीसिया नदि अभियानमा जुट्नु पर्छ ।’ त्यसैगरी,बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बाराका उद्योगहरुलाई स्थानीय नाला ,नदि र खोला प्रदुषण गर्ने छुट नभएको बताए । उनले यस्तो गल्ती गरेर बस्ने उद्योगलाई कानुनको दायरामा ल्याउनु पर्ने आवश्यक रहेको बताए ।उनले यस्तो अवस्थाले सयौं व्रतालु एवं सर्वसधारणको स्वास्थ्यमा नाकारात्मक असर परिरहेको समेत बताए । अनुगमन टोलीमा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल,बाराका प्रहरी उपरीक्षक महेन्द्र खडका,वीरगंज महानगरका वातावरण शाखाका प्रतिनिधि,सञ्चारकर्मी समेतको सहभागिता रहेको थियो । हरेक वर्ष छठको अगाडि देखि श्रीसिया नदि सफा बनाइनु पर्ने अभियान प्रशासन र सरोकारवाला निकायले अघि बढाए तापनि दिगो रुपमा श्रीसिया नदि प्रदुषण मुक्त हुन नसक्दा वीरगंज रक्सौल आसपासको जनजीवन प्रभावित हुने गरेको छ । त्यसैगरी,हिन्दूहरुको महान पर्व छठ पर्वमा समेत प्रदुषित पानीमा यो पर्व गर्नू पर्ने बाध्यता छ भने अर्को तर्फ गाईवस्तु एवं श्रीसिया नदिको पानीले सिचाँई गर्न सकिदैन । साथै, वीरगंज महानगरको नालाको पानी पनि जथाभावी श्रीसिया नदिमा फाल्ने पटकपटक आरोप लाग्ने गरेको छ ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित

काठमाडौँ, २६ मङ्सिरः (रासस) नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img