spot_img

spot_img

पटक–पटक बलात्कार भएको किशोरीको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ भदौ/
पर्सा, जीराभवानी गाउँपालिका–५ की एकजना १९ वर्षीया किशोरीले आफू पटक–पटक बलात्कारमा परेको बताएकी छन्।
सोही वडाको २१ वर्षीय युवकले ललाइफकाइ चार वर्षदेखि बलात्कार गरिरहेको उनले आरोप लगाइन्। यसै सन्दर्भमा आज जिल्ला प्रहरी कार्यालय, पर्साको महिला सेलमा किशोरीले ठाडो उजूरी दिएकी छन्। स्थानीय २१ वर्षीय प्रदीप महतो नुनियाले पटक–पटक घरनजीकै एउटा झुपडीमा शारीरिक सम्बन्ध बनाउने गरेको बताउँदै उनले बिहेको लागि समेत लोभ दिएको बताइन्। बिहे गर्न नै गत साउन २७ गते दुवैजना गाउँबाट वीरगंज आएर युवक काम गर्ने नारायणगढस्थित कोठामा लगेको समेत बताइन्।
आफूहरूको सम्बन्ध घरपरिवारले थाहा पाएपछि दुवैलाई छुटाएको र मर्कामा परेपछि न्यायको लागि गुहार गर्न जिल्ला प्रहरी कार्यालयमा उजूरी गर्न आएको उनले बताइन्। प्रहरी प्रशासनले उचित न्याय देओस् उनले माग गरिन्। गत साउन २७ गते वीरगंजको एउटा मन्दिरमा दुवैले विवाह गरेको किशोरीको दाबी छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले उजूरी सम्बन्धमा छानबीन भइरहेको र केटाकेटीको सम्बन्धबारे कल डिटेलमार्फत अनुसन्धान भइरहेको बताए।
Facebook Comments Box

ताजा खबर

महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

धनुषा, १० माघ/ रासस मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैङ्गिक संवेदनशील...
- Advertisement -spot_img

सम्बन्धित खबर