spot_img

spot_img

मियाँको मृत्यु मेडिसिटीमा, प्रदर्शन नारायणीमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ भदौ/
वीरगंज महानगरपालिका कार्यालयको सूचना प्रविधि शाखामा कार्यरत फैजल मियाँको उपचारको क्रममा हिजो मृत्यु भएको विषयलाई लिएर आज वीरगंज–२ छपकैयावासीले नारायणी अस्पताल अगाडि प्रदर्शन गरेका छन्।
मियाँको मृत्यु भएको विषयमा दोषीलाई कारबाईको माग गर्दै नारायणी अस्पताल अगाडि सडक जाम गरी टायर बालेर प्रदर्शन गरिएको थियो।
साउन ३१ गते राति ११ः५५ बजे वीरगंज महानगरपालिका–१६ माइधिया पोखरीनजीकै बाइपास सडकमा बिआर२२बिसी ०४९२ नम्बरको कारको पछाडि ठोक्किएर बा.प्र.०३–००५प ५७२२ नम्बरको मोटरसाइकलमा सवार बारा विश्रामपुर गाउँपालिका–५ बस्ने ३० वर्षीय जयमङ्गलप्रसाद गुप्ता र मोटरसाइकलको पछाडि बस्ने वीरगंज–२ छपकैया निवासी बस्ने २९ वर्षीय फैजल मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। सो दिनको बाइपास सडकको सिसिटिभी फुटेजमा तीव्र गतिमा आएको कार एक्कासि रोकिएको र एउटा मोटरसाइकल कारको दाहिनेबाट गएर जोगिएको तर कारको पछाडिबाट आइरहेको मियाँ सवार मोटरसाइकल ठोक्किएको थियो। सिसिटिभी फुटेजमा मोटरसाइकलमा तीनजना सवार भएको देखिन्छ। तर प्रहरीले भने दुईजनाको नाम मात्र सार्वजनिक गरेको छ।
घटनापछि मियाँलाई नेपाल मेडिसिटी वयोधा अस्पतालमा भर्ना गरिएको थियो। हिजो उपचारको क्रममा उनको मृत्यु भएको विषयलाई लिएर आज नारायणी अस्पताल अगाडि परिवारजन, आफन्त र वडावासीले ठक्कर दिने सवारी चालकविरुद्ध कारबाईको माग गर्दै प्रदर्शन गरेका हुन्।
वयोधा मेडिसिटी अस्पतालमा मृत्यु भएको मियाँको शव शल्य परीक्षणको लागि नारायणी अस्पताल वीरगंज ल्याइएको थियो र सोही क्रममा आज बिहान १० बजेदेखि प्रदर्शन गरिएको हो। जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता दीपक भारतीले कार र चालक प्रहरी नियन्त्रणमा रहेको र निजविरुद्ध मुद्दा दर्ता प्रक्रियामा रहेको जानकारी गराएका छन्।
Facebook Comments Box

ताजा खबर

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका...
- Advertisement -spot_img

सम्बन्धित खबर