spot_img

spot_img

परसौनीमा कुश्ती प्रतियोगिता

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ३ भदौ/ बारा, परसौनी गाउँपालिका–१ नकटुवामा बिराट दङ्गल कुश्ती प्रतियोगिता सम्पन्न भएको छ ।
वडा नं १ को वडा कार्यालयबाट आयोजना भएको सो प्रतियोगितामा नेपाल–भारतका नामुद पहलवानहरूले कुश्ती प्रदर्शन गरेका छन् । हरेक वर्ष रक्ष्Fाबन्धनको अवसरमा स्वास्थ्यचौकी नकटुवा परिसरमा आयोजना हुँदै आएको महाविरी झन्डा मेलाका दिन सो कुश्ती प्रतियोगिता आयोजना हुँदै आएको छ ।
एक नम्बरका अध्यक्ष लालबाबू मुखिया बिनको अध्यक्ष्Fतामा भएको कार्यक्रमको प्रमुख अतिथि परसौनी गापाका अध्यक्ष विनोद जयसवाल, उपाध्यक्ष किरण देवी, ३ नं का अध्यक्ष छोटेलाल साह कानू, ४ का अध्यक्ष याकुब अन्सारी, ७ का अध्यक्ष इस्लाम मियाँलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कुश्ती तराई मधेसको एउटा पारम्परिक खेल भएकोले गाउँघरमा यसको रोमाञ्च अत्यधिक हुने हुँदा कुश्ती आयोजना गरिएको बताइएको छ । कुश्तीमा पर्सा, बारा, नवलपरासी, रूपन्देही, रौतहट, धनुषा, भारत बिहारको पटना, युपी, दिल्ली, पञ्जाबलगायत राज्यका ६० भन्दा बढी पहलवानको ३० भन्दा बढी जोड कुश्ती भएको थियो ।
Facebook Comments Box

ताजा खबर

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका...
- Advertisement -spot_img

सम्बन्धित खबर