spot_img

spot_img

सुगन्धा रौनियारको शङ्कास्पद मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ साउन/ शनिवार एकजना महिलाको शङ्कास्पद मृत्यु भएको छ । वीरगंज–१८ सुखचैनामा बस्ने ३० वर्षीया सुगन्धा रौनियार हिजो घरमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन् । चार वर्षअगाडि उनको अन्तरजातीय प्रेम विवाह भएको थियो । उनका दुई सन्तान छन् ।
घरायसी कलहले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले हिजो दिउँसो खबर आएपछि अनुसन्धान गरी शव शल्यपरीक्षणपछि आइतवार परिवारलाई जिम्मा लगाएको जनाएको छ ।
प्रहरीले घटना शङ्कास्पद भएको र सोबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले बिहान ९ बजे आत्महत्या गरेको घटनाबारे दिउँसो २ बजे खबर भएकोमा आशङ्का उब्जिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक भारतीले प्रारम्भिक चरणमा घटना आत्महत्या जस्तै भएपनि अनुसन्धान अगाडि बढाउने बताएका छन् । उनले हालसम्म सो घटनामा कोही पक्राउ नपरेको बताए ।
Facebook Comments Box

ताजा खबर

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका...
- Advertisement -spot_img

सम्बन्धित खबर