spot_img

spot_img

करोडौंको विद्युतीय चुरोट ‘भेप’ नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ साउन । जिल्ला प्रहरी कार्यालय, पर्सा प्रहरीले ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको छ ।

वीरगंज महानगरको रेल्बे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापामारी गरी प्रहरीले ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताएका छन् । उनले शुरूमा ३–४ वटा पीस भन्सारबाट बरामद भयो, त्यसपछि खोजविन गर्ने क्रममा डाफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको राखिएको अवस्थामा बरामद भएको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।

एउटा कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ । त्यसअनुसार ७६ कार्टुनमा करिब १५ हजार पीस भेप हुने अनुमान गरिएको छ । यद्यपी, सबै काउन्ट गर्न बाँकी नै रहेको पर्सा प्रहरीले जानकारी दिएको छ । बरामद भेपको बजार मूल्य करीब ३ करोड करिबको हाराहारीमा रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

ताजा खबर

महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

धनुषा, १० माघ/ रासस मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैङ्गिक संवेदनशील...
- Advertisement -spot_img

सम्बन्धित खबर