spot_img

spot_img

घण्टाघरटिभीको फेसबुक पेज पूर्णरुपमा ह्याक, नयाँ पेजबाट काम शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ साउन ।
वीरगंजबाट घण्टाघर कम्युनिकेशन प्रालिले सञ्चालन गरेको घण्टाघर टिभी डट कम न्यूज पोर्टलको आधिकारिक फेसबूक पेज पूर्णरुपमा ह्याक (नियन्त्रणबाहिर) भएको छ ।
गत जनवरी अन्तिम साता आंशिक रुपमा ह्याक भएको घण्टाघर टिभी फेसबूक पेज गत साउन १८ गते राति १० बजेको समयमा पूर्णरुपमा ह्याक भई नियन्त्रणबाहिर गएको हो । पेजमा अवैधानिक पहुँच बनाएका व्यक्तिहरुले पुरानो भिडियो अपलोड गरेर भ्रम सिर्जना गर्ने काम गरेकोले त्यसले सरोकारवालामा पार्ने असरप्रति क्ष्Fमा याचना गर्दै त्यस्तो भ्रमको पछाडि नलाग्न आग्रह गरेको छ ।
यस विषयमा नेपाल प्रहरी मातहतको साइबर ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय, पर्सामा इमेल मार्फत तत्कालै उजूरी गरी समस्या समाधानको लागि निवेदन दिए तापनि प्रFविधिक रुपमा सो समस्या हल गर्न नसकिएको हो । तै पनि प्रFविधिक विज्ञहरुसँग सो पेज रिकभर गर्न प्रयास भइरहेको छ ।
कम्पनीले पुरानो पेजलाई अनलाइक, अनफलो गरी रिपोर्ट गर्न आग्रह गरेको छ भने नयाँ पेजलाई फेसबुकमा सर्च गरी फलो, लाइक गर्न आग्रह गरेको छ ।
आगामी घण्टाघरको पुरानो फेसबूक पेजबाट कुनै आपत्तिजनक, अश्लील तस्वीर एवं दृश्य सामग्री सार्वजनिक भएको पाइए सोसँग कम्पनीको कुनै सम्बन्ध नरहेको सबैमा सूचीत  गरिएको छ ।
कम्पनीको आधिकारिक न्यूज पोर्टल घण्टाघर टिभी डट कम र युट्युब च्यानल सुरक्षित रहेको जानकारी गराइन्छ । साथै पुरानो फेसबूक पेज ह्याक भएको सन्दर्भमा घण्टाघर टिभीका सम्पादक राधेश्याम पटेलको मोबाइलमा विभिन्न व्यक्तिले अनावश्यक सोधपुछ गर्ने गरेको हुँदा अतिआवश्यकबाहेक अनावश्यक सोधपुछ नगर्न कम्पनीले आग्रह गरेको छ ।
Facebook Comments Box

ताजा खबर

महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

धनुषा, १० माघ/ रासस मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैङ्गिक संवेदनशील...
- Advertisement -spot_img

सम्बन्धित खबर