spot_img
spot_img

ओली सरकारमा पर्साबाट बने तीनजना मन्त्री

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ असार/ हालै गठन भएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा पर्साका तीनजना मन्त्री बनेका छन् । पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादव, क्षेत्र नं. २ का अजय चौरसिया, ३ का राजकुमार गुप्ता गरी तीनजना मन्त्री बनेका हुन् । यादव जसपाबाट खानेपानी तथा सरसफाइमन्त्री नियुक्त भएका छन् भने चौरसिया कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी, एमाले पर्सा क्षेत्र नं. ३ का सांसद राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नियुक्त भएका छन् । प्रदीप यादव यसअघि, प्रचण्ड नेतृत्वको ५३ दिने सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री थिए भने सोभन्दा अघिको शेरबहादुर देउवा नेतृत्वको सरकारमा ९९ दिनको सरकारमा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । वैशाख २३ गते जसपा नेपाल फुटेपछि अशोक राई संयोजक रहने गरी जसपा टुक्रिएको थियो । प्रदीप यादव २०७० सालमा चुनावमा पराजित भएका थिए भने २०७४ र २०७९ सालमा विजयी भएका थिए । त्यसैगरी, कानूनमन्त्री चौरसिया २०५६ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । उनी २०७० र २०७४ सालको निर्वाचनमा लगातार दुईपटक पराजित भएका थिए भने २०७९ सालमा विजयी भएका थिए । त्यसैगरी, सङ्घीय मामिला तथा प्रशासनमन्त्री गुप्ता २०७० र २०७९ सालमा चुनाव जितेका थिए भने २०७४ सालमा पराजित भएका थिए । पर्साका तीनजना सांसद हालको मन्त्रिपरिषद्मा हटाएकोले पर्साको लागि यो ऐतिहासिक क्षण भएको पर्सावासीले प्रतिक्रिया दिएका छन् । एउटै सरकारमा तीनवटा पार्टीबाट तीनजना सांसद मन्त्री हुनु पर्साको लागि ऐतिहासिक र गौरवको क्षण हो । यसलाई अवसरको रुपमा मान्नुपर्ने र पर्साको विकासमा समेत मन्त्रीहरुको ध्यान जानुपर्ने पर्सावासीको माग छ ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजमा राष्ट्र बैंकको आयोजनामा क्रिकसल शुरु

वीरगंज,५ वैशाख । सानो आकारको क्रिकेट प्रतियोगिता आर्थात वीरगंजमा आजदेखि तीन दिने ‘क्रिकसल’ प्रतियोगिता शुरु भएको छ । नेपाल राष्ट्र...
- Advertisement -spot_img

सम्बन्धित खबर