spot_img
spot_img

स्थानीय सरकारको महँगो करका कारण जनता पुर्जा बनाउन आएनन्

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २१ असार/ वीरगंज महानगरपालिकाको वडा नं ३० लालपर्सामा जनता नापजोख भएको जग्गाको लालपुर्जा लिन ढिलाइ गरिरहेका छन्। जसमा स्थानीय करको भाग मुख्य कारण रहेको बुझिएको छ।
लालपर्साका साबिक नौवटा वडामध्ये साबिक १ र २ मा पहिले नै जग्गा दर्ता गरी पुर्जा वितरण भइसकेको छ भने अहिले ३, ५, ६, ७, ८, ९ नं वडाको दर्ता पुर्जा बनाउन सूचना प्रकाशन भए तापनि निवेदन नै दर्ता नभएको तीन नम्बर टोली प्रमुख रामप्रमोद राउतले बताए। यसको कारण स्थानीय सरकार अर्थात् वडा कार्यालयबाट अनिवार्यरूपमा सिफारिश लिनुपर्ने व्यवस्था छ। सिफारिश लिन जाँदा चर्को शुल्क तिर्नुपर्ने हुँदा वडावासीहरू पुर्जा बनाउनतर्फ उदासीन देखिएको नापी कार्यालय, पर्साका प्राविधिकहरू बताउँछन्।
जस्तै लालपर्साका स्थानीय रामबालकप्रसाद यादवले २६ धुर जग्गाको सिफारिश गराउन रु ३१ हजार ५६२ महानगरपालिकाको अन्य शीर्षकमा दस्तुर बुझाउनुपरेको छ।
यसरी सवा कट्ठा जग्गाको पुर्जा उठाउन साढे ३१ हजार कर तिर्नुपर्दा अधिकांश वडावासी कर तिर्नुपर्ने डरका कारण सिफारिश गराइरहेका छैनन्।
सिफारिश नहुँदा उनीहरू नापी कार्यालय, पर्सामा निवेदन दिन पनि नआउने गरेको पर्साका प्रमुख नापी अधिकृत राकेशकुमार झा बताउँछन्। अहिले १० वटा निवेदन परेकामा चार/पाँच जनाले पुर्जा बनाएका छन् भने छ/सात जनाको काम प्रक्रियामा रहेको उनको भनाइ छ। १५–२० बिघाभन्दा बढी जग्गा पर्ने लालपर्साका जनता महानगरपालिकाको सिफारिश दस्तुर पहिलेका १६ वटा वडालाई मध्यनजर गर्दै तोकिएकाले ग्रामीण भेगका वडाको लागि सो दस्तुर घटाउन माग गरेका छन्। यसैगरी, नापी कार्यालय, पर्सामा वीरगंज–१८ भवानीपुर र वीरगंज–१९ विन्ध्यवासिनीको दर्ता पुर्जा वितरण गर्ने नापी कार्यालयको तयारी छ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर