spot_img
spot_img

गौर नगरपालिकाको स्याउ फलाउने नीति

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २१ असार/ मधेस प्रदेशको रौतहट जिल्लाको सदरमुकाम गौरमा स्याउ फलेको छ। नगरपालिकाको कृषि शाखाले परीक्षणको चरणमा गौर नगरपालिकामा कार्यरत सिभिल इन्जिनीयर गौर नपा–८ पुरेनवा बस्ने प्रेमशङ्कर साहलाई दुई वर्षअगाडि एउटा बोट स्याउ लगाउन दियो। अहिले त्यो बोटमा स्याउ फलेपछि गौर नपामा स्याउ फल्न सक्ने सबैजनाले विश्वास गरेका छन्।
सिभिल इन्जिनीयर साहले अहिले दैनिक दुई/चार जना मानिस स्याउको बोट र फल हेर्न घरआँगनमैं आइरहेको बताए। हिमाञ्चल प्रदेशबाट छौडादानो बिहारको एप्पल गार्डेन नर्सरीबाट प्राप्त सो बोटले सातवटा फल दिएको छ। जसमध्ये दुईवटा क्षति भएको छ भने पाँचवटा फलेको छ। हिमाली र पहाडी जिल्लामा फल्ने स्याउ, मधेस प्रदेशको तराईको ४०–४५ डिग्री सेल्सियस तापक्रममा खेती गरेर किसानहरू लाभान्वित होऊन् भनेर गौर नपाले हाइब्रिड जातको हरिमन ९९ बोट वितरण गरेको थियो।
यो बोट अत्यधिक गर्मी हुने ठाउँ बिहार, उत्तर प्रदेश र नेपालको तराई–मधेसमा लगाउन सकिने नर्सरीका सञ्चालक जीतेन्द्रलाल यादवले बताए। शुरूमा तीनजना किसानलाई वितरण गरिएको स्याउको बोट फलिसकेपछि गौर नपामा आगामी वर्षदेखि व्यावसायिक खेतीका लागि योजना बनाइने भएको कृषि शाखा प्रमुख सरोजलाल दास बताउँछन्। उनले भने–गौर नपाको नीति छ, स्याउ खेती गर्ने। हामीले स्याउ फलाएर देखायौं, अब किसानले उचित विधि र प्रक्रिया अँगालेर स्याउखेती गर्नुपर्छ।
एक कट्ठामा आठदेखि १० फिट लम्बाइ–चौडाइको स्याउको यो बोट लगाएपछि एउटा बोटबाट तीन वर्षपछि ४०–५० किलोसम्म स्याउ फल्न सक्ने भएकोले एक बिघामा रु सात लाखसम्मको स्याउ फलाउन सकिने कृषिविज्ञ दासको भनाइ छ। पानी नजम्ने र बाँझो जमीनको लागि स्याउखेती उचित बाली भएकोले त्यसतर्फ किसानहरू अग्रसर हुनुपर्ने उनको सुझाव छ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजमा राष्ट्र बैंकको आयोजनामा क्रिकसल शुरु

वीरगंज,५ वैशाख । सानो आकारको क्रिकेट प्रतियोगिता आर्थात वीरगंजमा आजदेखि तीन दिने ‘क्रिकसल’ प्रतियोगिता शुरु भएको छ । नेपाल राष्ट्र...
- Advertisement -spot_img

सम्बन्धित खबर