spot_img

एसइईमा पर्साको नतीजा ३४.४२ र वीरगंजमा ५४.७६ प्रतिशत

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १६ असार/ पर्सा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३६.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा समन्वय एकाइ, पर्साका प्रमुख मोतीप्रसाद भट्टराईले जानकारी दिएका छन्।
उनले एसइईमा पर्साबाट कुल नौ हजार ५२१ जना विद्यार्थी सहभागी भएकामा तीन हजार ४६८ जना विद्यार्थीले कक्षा ११ पढ्न अध्ययन गर्न पाउने भएका छन्। एसइईको राष्ट्रिय परीक्षा नतीजा ४७.६७ भएकोले पर्साको नतीजा झन्डै ११ प्रतिशत कम आउँदा धेरै चिन्ता लिनुपर्ने बताए। उनका अनुसार साधारणतर्फ नौ हजार ३३८ (नियमित)जना परीक्षामा सहभागी भएकामा तीन हजार ३७७ जना सफल भएका छन् भने प्राविधिक धारतर्फ १८३ जना सहभागी भएकामा ९१ जना सफल भएका छन्। त्यसैगरी, गत वर्ष दुई विषयभन्दा बढी विषयमा स्तरवृद्धि हुन नपाएका कुल ५६३ जना परीक्षार्थी सहभागी भएकोमा तीमध्ये ३८३ जना पास भएका छन्। स्तरवृद्धिको नतीजा ६८.०३ प्रतिशत छ।
एकाइ प्रमुख भट्टराईका अनुसार अहिले पर्साका १४ वटा पालिकाको पालिकास्तरीय नतीजा विश्लेषण गर्न बाँकी रहेकाले पर्सामा कुन पालिकामा बढी र कुनमा कम नतीजा आएको छ भन्नेबारे समीक्षा गर्न बाँकी रहेको छ।
त्यसैगरी, वीरगंज महानगरपालिकाका संस्थागत र सामुदायिक विद्यालयहरूको कुल नतीजा ५४.७६ प्रतिशत रहेको बुझिएको छ।
वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको तथ्याङ्क अनुसार ६१ वटा संस्थागत विद्यालयबाट एक हजार ९१० जना विद्यार्थी सहभागी भएकामा ९०.२६ प्रतिशत अर्थात् एक हजार ७२४ जना र २० वटा सामुदायिक विद्यालयबाट तीन हजार ३२५ जना सहभागी भएकामा ३४.३७ प्रतिशत अर्थात् एक हजार १४३ जना विद्यार्थी सफल भएका छन्। वीरगंज महानगरपालिकाका संस्थागत र सामुदायिक गरी ८१ वटा विद्यालयबाट जम्मा पाँच हजार २३५ जना विद्यार्थी सहभागी भएकामा ५४.७६ प्रतिशत अर्थात् दुई हजार ८६७ जना सफल भएका छन्।
ननग्रेडिङ विद्यार्थीलाई विद्यालयमैं कोचिङ
एकाइ प्रमुख भट्टराईले यसपालि सरकारले एसइईमा अनुत्तीर्ण अर्थात् ननग्रेडिङ विद्यार्थीहरूका लागि एक महीनापछि लिइने समपूरक परीक्षामा सहभागी गराइने र सोको लागि सम्बन्धित विद्यालयमा शैक्षिक सिकाइ सहयोग कार्यक्रम अन्तर्गत कोचिङ चलाउने कार्यक्रम ल्याएकोसमेत बताए। अघिल्ला वर्षहरूमा दुईवटा विषयमा असफल भएका विद्यार्थीहरूले समपूरक परीक्षा दिन पाउँथे भने यस वर्ष जतिवटा विषयमा असफल भए तापनि समपूरक परीक्षामा सहभागी हुन पाउने मन्त्रिपरिषद्बाट शिक्षामन्त्री सुमना श्रेष्ठको प्रस्ताव पारित हुँदै यस्तो कार्यक्रम सरकारले ल्याएको उनले बताए।
तसर्थ असफल भएका विद्यार्थीहरूले तनाव नलिएर एक महीनापछि हुने समपूरक परीक्षाको लागि अत्यधिक मेहनत गरी तयारी गर्नसमेत उनले सुझाव दिए। साथै सामुदायिक विद्यालयको नतीजा खस्किनुमा पहिले ३२ नम्बरमा एसइई उत्तीर्ण हुन्थ्यो भने अहिले लिखितबाटै ३५ नम्बर ल्याउने मात्र विद्यार्थी पास हुने भएकाले यस वर्षको एसइईमा उत्तीर्ण प्रतिशत घटेको उनले बताए।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित

काठमाडौँ, २६ मङ्सिरः (रासस) नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img