परवानीपुर, १३ असार/ कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित हाम्रो पाठशाला इङ्ग्लिश बोर्डिङ स्कूलको आयोजनामा पाँच दिने योग विज्ञान शिविर शुरू भएको छ ।
असार ११ गते मङ्गलवारदेखि शुरू भएको सो शिविर १५ गते शनिवारसम्म चल्ने आयोजक स्कूलका प्रबन्ध निर्देशक योगेन्द्रप्रसाद राउतले बताए । पतञ्जलि योग समिति बाराको संयोजनमा आयोजना भइरहेको योग विज्ञान शिविर बिहान ५ः३० देखि ६ः३० बजेसम्म विद्यालय परिसरमा सञ्चालन भइरहेको छ । जसमा योग समिति बारामा आबद्ध पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी एवं स्थानीय अभिभावकहरू सहभागी छन् ।
विश्व योग दिवसको अवसर पारी आयोजना गरिएको सो शिविरले स्थानीयहरूको योगप्रति आकर्षण बढाउन कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
साथै आजको युगमा तनाव र अस्वस्थता बढिरहेको हुँदा योगले स्वस्थ जीवनशैली अपनाउन मदत पुग्ने भएकोले गाउँकै स्कूलमा योग शिविर आयोजना गरिएको हो ।
विद्यालयका प्रबन्ध निर्देशक राउतको अध्यक्ष्Fतामा भइरहेको कार्यक्रममा मुख्य अतिथि रीता कार्की भन्ने साध्वीदेव कृपा, पतञ्जलि योग समिति मधेस प्रदेश समिति सदस्य अरूणराय चौधरी, बारा, पर्साका पदाधिकारी सुरेश साह कानू, ओमप्रकाश , शीला साह, मिथिला साह, सन्तु साह, रामाज्ञा शर्मा, शिवशङ्कर केसरी, मनोज कुशवाहा, माया चौधरीलगायतको सहभागिता थियो ।

Facebook Comments Box