spot_img

प्रचण्ड गर्मीमा विद्युतको पोल र मोटरसाइकलमा आगो लागेपछि..

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असार । मंगलवार दिउँसो प्रचण्ड गर्मीको समयमा वीरगंजको आदर्शनगर क्षेत्रमा एउटा विद्युतको पोलमा गुजमुजिएको तारमा आगो लागेपछि सडकछेउमा पार्किङ गरेर राखिएका दुर्ई वटा मोटरसाइकलमा पनि आगो सल्किएको थियो । आगलागीबाट दुर्ई वटै मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

व्यस्त सडकमा रोकिराखेको वीरगंज महानगरपालिका ३ का सञ्जयप्रसाद यादवको प्र.२–०३–०१८प ८२१९ र वडा नम्बर २० हरपतगंजका मिथिलेशप्रसाद यादवको प्र.२–०३–००१ प ७९०४ नम्बरको पल्सर मोटरसाइकलमा आगो लागेको भिडियो धेरैले खिच्नसम्म भ्याएका थिए । दुवै जनाको मोटरसाइकल बैंक अगाडीको विद्युतिय पोल नजिक पार्किङ गरेर राखिएको थियो ।

मोटरसाइकलसंगै छेउमै रहेको विद्युतिय पोलमा समेत आगो लागेको थियो । पोलमा आगो लाग्दा तारहरू जलेर नष्ट भएका छन् । पोल र मोटरसाइकलमा लागेको आगो वीरगंज महानगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।

यता पर्सा प्रहरीले आगो कसरी लाग्यो भन्ने कारण खुल्न सकेको छैन । पोलमा समेत आगो लागेकाले विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । तर आगलागीको कारण प्रहरीले खुलाएको छैन ।

Facebook Comments Box

ताजा खबर

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई...
- Advertisement -spot_img

सम्बन्धित खबर